यो दुखद परिसथितिमा अमेरिकाले सहयोग गर्नुको सट्टा त्रास फैलाईरहेको छ : चीन

बेइजिङ — अमेरिकाले कोरोना भाइरसका बारेमा ‘त्रास’ फैलाइरहेको चीनले आरोप लगाएको छ । चीनले सोमबार अमेरिकाले प्राणघातक कोरोना भाइरस नियन्त्रणका लागि सहयोगभन्दा बढी त्रास फैलाएको आरोप लगाएको हो । सबै चिनियाँ यात्रुमाथि प्रतिबन्ध लगाएर अमेरिकाले त्रास फैलाएको चीनले आरोप लगाएको छ ।
चिनियाँ विदेश मन्त्रालयकी विदेश प्रवक्ता हुवा चुनिङ तस्बिर : चिनियाँ विदेश मन्त्रालय
अमेरिकाले शुक्रबार स्वास्थ्य संकटकाल घोषणा गर्दै पछिल्लो समय चीन भ्रमण गरेका सबै विदेशी नागरिकको प्रवेशमा रोक लगाएको थियो। अमेरिकी प्रतिबन्ध आफ्नै नागरिकमाथि पनि लाग्नेछ। कोरोना भाइरसको उद्गमस्थल रहेको हुबेईबाट फर्कने अमेरिकी नागरिकले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा निगरानीमा बस्नुपर्छ। सोमबारसम्म अमेरिकामा ११ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ। वुहानबाट सुरु भएको कोरोनाको प्रकोप अहिले विश्वका २७ मुलुकमा फैलिइसकेको छ।
कोरोना संक्रमितको उपचारका लागि १० दिनमा चीनले बनायो यस्तो अस्पताल
कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरिसकेको छ। अहिलेसम्म कोरोना भाइरसका कारण ३६२ जनाको मृत्यु भइसकेको छ। त्यस्तै १७ हजारभन्दा बढीमा यसको संक्रमण भएको छ।