गौतम सागर राई

कोलोराडो अमेरिका- अन्तराष्टिय नेपाली साहित्य समाज कोलोराडो च्यापटरको आयोजनामा सरस्वती पुजा र रचना वाचन कार्यक्रम च्यापटरका अध्याक्ष तारा अधिकारी को सभापतित्वमा कोलोराडोको थ्रोटन शहरमा सम्पन भएको छ । कार्यक्रममा अभिभावक हरुले आफ्नो बालबालिका हरु सहित बाक्लो उपस्थिती जनाएका थिए ।अगान्तुक हरुलाई च्यापटरका महा-सचिब सम्झना आचार्य खनाल ले स्वागत मन्तव्य बाट सवै लाई स्वागत गरेका थिए भ्ने कार्यक्रम संचालन किरण अधिकारी ले गरेका थिए ।सो कार्यक्रमको पहिलो चरणमा बिघाकी देबी सरस्वतिको तस्विरमा फुलको गुच्चा भेटी चढाउदै सबैले पुजा अर्चना गरिए को थियो ।साथै बाल बालिका  हरु लाई कापी सिसाकलम बितरण गर्दै अक्षराम्भ गराइए को थियो ।नेपाली पोषकमा बाल बालिका हरुले नित्य प्रदर्शन गरेका थिए साथै कार्यक्रमको दोश्रो चरणमा सर्जक हरु समिर आचार्य ,केनु उपाध्याय , यसोदा भट्ट ,शृराम लुइटेल ,आचार्य प्रभा ,सम्झना आचार्य ,भुपेन्द्र महत्त ,हरिभत्त कटुवाल ,वासुदेव खनाल ,पदम बिश्वकर्मा ,दिपक गौतम , धना पौडेल ,निर्मल प्याकुरेल ,प्रमिला शर्मा ,केशब आचार्य ,बिजयराज शर्मा ,दामोदर लुइटेल ले आ-आफ्नो सिर्जना वाचन गरेका थिए ।कार्यक्रम लाई भव्य बनाउन उपस्थित भएका आगन्तुक हरु लाई बिशेष धन्यवाद दिदै अनेसास कोलोराडो च्यापटरका अध्याक्ष तारा अधिकारी ले कार्यक्रमको विसर्जन गर्नु भएको थियो ।

पुरा भिडियो तलको लिङ्कमा हेर्नु होला