जसरी पनि एमसीसी पारित गर्ने पक्षमा लबिङ गर्न आज बालुवाटारमा सबै संसद हरुलाई रात्री भोजको आयोजना

पार्टी संसदीय दलका सचेतकले सांसदहरुलाई बोलुवाटारमा रात्री भोजको निम्तो दिएका छन् । प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीले एमसीसीका बिषयमा सामान धारणा बनाउन रात्री भोजको आयोजना गरेको आशंका गरिएको छ । नेकपा संसदीय दलले सबै सांसदहरुलाई आइतबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सबै सांसदहरुलाई अनिवार्य उपस्थिति हुन आग्रह गरेको छ ।
केन्द्रीय समिति बैठकमा एमसीसी र सरकारका बिषयमा तिव्र आलोचना भइरहेका बेला ओलीले बालुवाटारमा रात्री भोज राखेका छन् । एमसीसीका बिषयमा उनले सांसदहरुसँग छलफल गर्ने भएका छन् । एमसीसी जसरी पनि पारित गर्नुपर्ने पक्षमा रहेका प्रधानमन्त्री ओलीले सांसदहरुलाई सामान धारणा बनाउन रात्री भोजको आयोजना गरेको एक सांसदले बताए ।
‘एमसीसीका बिषयमा पार्टीभित्र मदभेद र भ्रम पर्यो । त्यसलाई चिर्न प्रधानमन्त्रीले बालुवाटारमा सवै सांसदहरुलाई बोलाएनु भएको हो’ ति सांसदले भने ‘संसददेखि सवैतिर एमसीसीका बिषयमा सामान धारणा बनाउन प्रधानमन्त्रीले रात्री भोजको आयोजना गर्नु भएको छ ।’