Logo

भारतमा २३ जना बच्चालाई बन्धकबनाउने सुभाष बाथमलाई प्रहरीले गोली हानेर मार्यो


सुभाष बाथमले २३ जना बच्चालाई बन्धक बनाएका थिए

आफ्नी एक वर्षीया छोरीको नक्कली जन्मदिन मनाउन भोज आयोजना गरेर २० बच्चालाई बन्धक बनाएका एक भारतीय पुरुषलाई प्रहरीले गोली हानेर मारिदिएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार हत्याका आरोपित सुभाष बाथम धरौटीमा छुटेका थिए।

उत्तर प्रदेशको फरुखाबाद जिल्लामा पछि स्थानीयवासीहरूले उनकी श्रीमतीलाई कुटीकुटी मारिदिएका थिए।

प्रहरीसँग उनको १० घण्टासम्म घम्साघम्सी चलेको थियो जुनबेला प्रहरी अधिकारीले उनीसँग सम्झौता गर्न खोजेका थिए।

सुरक्षित उद्धार

पछि उक्त भवनमा प्रहरी जबरजस्ती पसेपछि उनी मुठभेडमा मारिएका थिए।

बन्धक बनाइएका छ देखि १५ वर्ष उमेरका सबै २३ बच्चाको सुरक्षित उद्धार गरिएको छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्