Logo

नेकपा बैठक : समूहगत छलफल सकियो, अब आ-आफ्नो समुहको टोली नेताहरुले रिपोटिङ गर्ने


माघ १६, २०७६

 

काठमाडौँ — नेकपाको जारी केन्द्रीय समिति बैठकमा बिहीबारदेखि समूहगत छलफल करिब करिब सकिएको छ । अध्यक्षद्वयको तर्फबाट पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलले पेस गरेको संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि बिहीबार समूहगत रुपमा छलफल भएको थियो ।

बुधबारदेखि सुरु भएको बैठकमा १५ समूह बनाएर राष्ट्रिय सभागृह, पार्टी मुख्यालय धुम्बाराही र पेरिसडाँडामा छलफल सुरु भएको थियो। एउटा समूहमा २९ सदस्य थिए। अल्फाबेटिकल आधारमा समूह विभाजन भएको छ भने यी समूहमा सचिवालयका नेता सहभागी थिएनन्।
छलफल सुरु गर्नुअघि सबै समूहले आ–आफ्ना टोली नेता र उपनेता चयन गरेका थिए। तर १० नम्बर समूहले भने नेता चयन गर्न नसकेपछि स्थायी समिति सदस्य युवराज ज्ञवालीको समूहको संयोजन गरेका थिए।

टोली नेताले सबै सदस्यले राखेका धारणा टिपोट गरेर शुक्रबारको पूर्ण बैठकमा प्रतिवेदन प्रस्तुत गर्नुपर्ने विधि सचिवालयले बनाएको थियो।

समूहगत छलफलमा प्रतिवेदनमा नसमेटिएका विषयवस्तुहरु पनि सदस्यहरुले उठाएका छन्। सबै समूहमा एमसीसीको विषय उठेको नेताहरुले बताएका छन्। एमसीसी सम्झौता अनुमोदन गर्दा केही बुँदाहरु परिमार्जन गरेरमात्रै अनुमोदन गर्नुपर्ने धारणा सदस्यहरुले राखेका छन्। यस्तै महिला सहभागिता, मधेस, जनजाति, मजदुर लगायतका मुद्दाहरु पनि सदस्यहरुले उठाएका छन्।

कुन समूहमा टोली नेता को?

समूह १ को टोली नेताद्वय उर्मीला अर्याल र आनन्द पोखरेल छन्। समूह २ को नेता कमला रोका, उपनेता कृष्ण राई र कृष्णध्वज खड्का रहेका छन्। समूह ३ को नेता खिमलाल भट्टराई, समूह ४ को नेता जगन्नाथ खतिवडा रहेका छन्। यस्तै समूह ५ को टोली नेता ठाकुर गैरे छन्।

समूह ६ को टोली नेता दीनानाथ शर्मा, समूह ७ मा पूर्णकुमारी सुवेदी र उपनेता निरज आचार्य रहेका छन्। समूह ८ को टोली नेता विन्दा पाण्डे, उपनेता बलराम बाँस्कोटा र वलावती शर्मा छन्। यस्तै समूह ९ को टोली नेता भगवती चौधरी र उपनेता भाष्कर काफ्ले रहेका छन्। समूह १० ले नेता चयन गर्नसकेनतर महेश बस्नेत, युवराज चौलागाई लगायतकानेताहरुले विषयवस्तु नोट गरेका छन्।चौलागाईका अनुसार याे समूहले शुक्रबार बिहान छलफलपछि टाेली नेता चयन गर्ने भएकाे छ।

समूह ११ मा राजेन्द्र राई नेता छन्। समूह १२ मा रेणु दाहाल, समूह १३ को टोली नेता लेखनाथ न्यौपाने र उपनेता सावित्रा भुसाल रहेका छन्। समूह १४ को नेता राम कार्की र उपनेता शिवमाया तुम्बाहाङ्फे छन्। समूह १५ टोली नेता हिमाल शर्मा छन्। छलफल सकिएपछि टोली नेता र उपनेताहरु प्रतिवेदन लेखनमा जुटेका छन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्