Logo

कोरोनाभाइरसविरुद्ध लड्न वैज्ञानिकहरू पठाउने अमेरिकी प्रस्ताव चीनद्वारा अस्वीकार


बुधबार माघ १५, २०७६

काठमाडौँ। गत महिना वुहानमा शुरू भएको कोरोना भाइरसको प्रकोपले चीनमा १३२ भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । यसले विश्वभर ५५ सयभन्दा बढी संक्रमित भैसकेका छन्। महामारीको रुप लिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि वैज्ञानिकहरू पठाउने अमेरिकी तीन प्रस्ताव चीनले अस्वीकार गरेको छ । तीन प्रस्ताव मध्ये दुई प्रस्ताव अमेरिकी सरकारले प्रत्यक्ष गरेको थियो भने एक प्रस्ताव विश्व स्वास्थ्य संगठन मार्फत गरिएको थियो। अमेरिकी हेल्थ एण्ड ह्युमन सर्बिसका सचिव (एचएचएस) एलेक्स अजरले प्रेस सम्मेलनमा उक्त जानकारी दिएका थिए।

मंगलबार गरिएको प्रेस सम्मेलनमा उनले अन्तिम पटक चाहिँ विश्व स्वास्थ संघठनको (डब्लुएचओ) आग्रहलाई चीनले स्वीकार गरेको छ। जसमा चीनले विदेशी सहयोगलाई स्वागत गर्ने जनाकारी दिएका छन्। डब्ल्यूएचओले मंगलबार घोषणा अनुसार वुहान शहर बाट शुरु भई १५ अन्य मुलुकमा फैलिएको कोरोना भाइरस बारेमा अझ ब्रिस्तितरुपमा अध्ययन गर्न चीनले अन्तर्रा्ष्ट्रिय विज्ञहरुलाई प्रवेश दिने भएको जानकारी गराएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति शी जिनपिङको सराहना गरे पनि देशका आफ्नै नागरिकहरूले सेन्सरबाट बच्न सोशल मीडियामा कोड भाषा प्रयोग गरि पारदर्शिताको अभाव भएको भन्दै चीनका नेता तथा सरकारको व्यापक आलोचना गरेका छन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्