Logo

एकै खेलामा ७ गोल ? खेल शंकाको घेरामा


सरस्वतीले एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ४–३ ले पराजित गर्दै लिगमा पहिलो जित हात पार्दा खेल शंकाको घेरामा परेको छ। किनकी लिगका सुरुवाती ८ खेलमा सरस्वतीले जम्मा २ गोल मात्र गरेको थियो। तर नवौं खेलमा एकैपटक चार गोल गर्‍यो। अर्कोतर्फ लिगको सर्वाधिक गोल हुने खेल पनि यहि खेल बन्यो।

पहिलो जित निकाल्ने क्रममा सरस्वतीे ४–३ गोल अन्तरले विजयी भयो । सो खेल लिगकै सर्वाधिक गोल भएको खेल हो । यसअघि ८ खेलमा दुई गोल गरेको सरस्वतीले एकै खेलमा ४ गोल गर्याे । रेलिगेशन जोनमा रहेको सरस्वतीका लागि खेल निकैनै महत्वपूर्ण थियो ।

अन्तिम ४ खेलमात्रै बाँकी रहेको अवस्थामा सरस्वतीलाई अन्तिम एउटा अवसर समेत थियो । खेल सोही अनुरुप अगाडी पनि बढ्यो । तर खेलमा जसरी गोल भए, ती सबै शंकास्पद देखिन्थे ।

यसअघि लिगमा ८ खेल खेल्दा २ गोल गरेको सरस्वतीले शेर्पाविरुद्व ४ गोल गर्नुलाई शंकास्पद रुपमा हेरिएको छ । लिगकै बलियो टिम मछिन्द्रलाई पराजित गरेको शेर्पाले ४ गोल खानुलाई पनि मैदानमा उपस्थित दर्शकले पचाउन सकेनन् ।

यस खेललाई मैदान बाहिर हुने मिलेमतो (फिक्सिङ) को रुपमा हेरिएको छ । लिगका केही खेलमा खेलाडी खेलाडीबीचको (बेट) राखिएको शंका गरिएको छ । सोही अनुसार सो खेलमा ७ गोल निस्किएको आशंका छ । खेलमा सरस्वतीले तेस्रो गोल गरेसँगै प्यारापिटमा उपस्थित दर्शकले खेल फिक्सिङको गन्ध पाउन थालिसकेका थिए । उनीहरु भन्दै थिए, सर्वाधिक गोल गर्ने खेल यही हो ।

खेलमा भएको गोलको विषयमा सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले स्वभाविक भएको बताए पनि हिमालयन शेर्पाका प्रशिक्षक सञ्जीव बुढाथोकीले भने आफ्नो टिमले फितलो खेलको प्रतिक्रिया दिएका थिए। बुढाथोकीले खेलमा मिलोमतोबारे थाहा पाउने जिम्मा मिडियाकै रहेको भनी प्रतिक्रिया पनि दिएका थिए।

लिग निर्देशक सञ्जिव मिश्रले पनि खेल शंकास्पद भएको प्रतिक्रिया दिएका छन्।  यसको छानविन भिडियो फुटेजको आधारमा इन्ट्रिग्रिटी अफिसरले गर्नेछन्। अनुसन्धानमा दोषी देखिएमा कारबाही हुनेछ।

मंगलबारको जितसँगै सरस्वतीले ४ अङ्क जोडेको छ। सरस्वतीले यसअघि एउटा खेलमा बराबरी गरेको थियो ।

खेलमा सरस्वतीको जितमा विदेशी खेलाडी काजिम बुसारीले दुई गोल गरे गर्दा विनोद केसी र मनिष थापाले एक एक गोल गरेका थिए। शेर्पाका लागि भने आशिष गुरुङ, विजय श्रेष्ठ र रवि थापाले एक एक गोल गरे।

खेलको पाँचौ मिनेटमा बुसारीले गोल गर्दै सरस्वतीलाई पहिलो अग्रता दिलाए। त्यस्तै खेलको १०औं मिनेटमा हिमालयन शेर्पाका आशिष गुरुङले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए। खेलको ३५औँ मिनेटमा विनोद केसीले गोल गर्दै सरस्वतीलाई २–१ को अग्रता दिलाए। खेलको ४५ औँ मिनेटमा हिमालयन शेर्पाका विजय श्रेष्ठले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

त्यस्तै खेलको ८४औँ मिनेटमा काजिम बुसारीले गोल गर्दै सरस्वतीलाई ३–२ को अग्रता दिलाए। त्यस्तै खेलको ८८औँ मिनेटमा मनिष थापाले गोल गर्दै सरस्वतीलाई ४–२ ले अघि बढाए। खेलको दोस्रो हाफको अतिरिक्त समयमा हिमालयन शेर्पाका रवि थापाले गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याएका थिए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्