Logo

दिपक मनाङ्गे ६ हजार घरौटिमा छुटे कुटाई खाने मिलन गुरुङ उल्टै जेल पुगे


माघ १२-२०७६ 

पोखरा : अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका प्रदेशसभा सांसद राजीव गुरुङ((दीपम मनाङे) धरौटीमा रिहा भएका छन् । मनाङेलाई जिल्ला प्रशासन कार्यालयले ६ हजार धरौटीमा रिहा गरेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।

उनलाई फागुन १३ गते उपस्थित हुने गरी धरौटीमा रिहा गरिएको पौडेलले बताए।

मनाङेलाई माघ ९ गते पक्राउ परेका थिए। कुटाई खाने एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई पनि बैंकिङ कसुरको आरोपमा १० गते पक्राउ गरिएको थियो । मिलनलाई भने थपे ७ दिन थुनामा राख्ने गरी म्याद थप गरिएको छ।

मंगलबार पोखरामा उद्घाटन भएको मुख्यमन्त्री कप फुटबल समारोहमा मिलनमाथि कुटपिट गरेको आरोपमा मनाङगे बिहीबार पक्राउ परेका थिए। मनाङे प्रहरी अनुसन्धानमै रहेका बेला गुरुङसमेत पक्राउ परेका थिए ।

मिलन गुरुङविरुद्ध बैंकिङ कसुर, गठीलगायतको आरोपमा जिल्ला अदालत कास्कीले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।

आइतबारको प्रदेशसभा बैठकमा विपक्षी सांसदले मनाङेले सांसद मर्यादा विपरित कार्य गरेकाले कारबाहीको माग गरेका थिए । सांसदहरु हरिशरण आचार्य र विन्दु थापाले मनाङेमाथि कारबाहीको माग गरेका हुन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्