झलनाथसंङ्ग चार घण्टा गफिन भ्याउने ओलिले किन दाहाल लाई आजको बैठमा समय दिएनन ?
काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल बीच आज साँझ हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।
प्रम ओलीसँग छलफलका लागि आफू काठमाडौँ फर्किन लागेको जानकारी प्रचण्डले नवलपुरमा शुक्रबार दिउँसो आयोजित एक कार्यक्रममा बताएका थिए । ‘प्रधानमन्त्री ओलीसँग आज साँझ छलफल हुँदैछ’ भीमसेन आदर्श नमूना माविको कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘त्यसका लागि केहीबेरमै काठमाडौँ फर्कँदैछु ।’
स्रोतका अनुसार, ओली-प्रचण्डबीच अपरान्ह ४ बजे भेटवार्ता हुने तयारी थियो । त्यसैले, काठमाडौँ फर्कनका लागि प्रचण्डले नवलपरासीमा आयोजित कार्यक्रममा निकै छोटो सम्बोधन गरेका थिए ।
‘प्रम ओलीका व्यस्तताका कारण देखाँउदै आज हुने भनिएको प्रम ओली–अध्यक्ष प्रचण्डबीचको छलफल नहुने भयो’ बालुवाटार स्रोतले भन्यो,
तर श्रोतका अनुसार झलनाथ खानेल संङ्ग भने आजै दिउसो चार घण्टा लामो कुराकानी भएको थियो तर पूर्व निर्धारित कारेक्रम अनुसार दाहाल र ओलिको भेटको उक्त करेक्रममा ओलिले दाहालालाई समय नदिनुको पछाडी ओलिले भैंसेपाटी भेलाबारे स्पष्ट भएपछी मात्र दाहाल सँग बिस्त्रीत छलफल गर्ने ओलिको योजना हुनसक्ने दाबी छ ’
ओली–प्रचण्डबीच नेकपाको केन्द्रीय कमिटी बैठक, राष्ट्रिय सभाको निर्वाचन परिणाम र उपसभामुख निर्वाचन आदिबारे छलफल हुने कार्यसूची थियो । स्रोतका भनाईमा, आजका लागि स्थगित गरिएको शीर्ष नेताद्वयबीचको वार्ता भोलि विहान १० बजेका लागि सारिएको छ ।