Logo

वृद्धाहरु भन्नुहुन्छ, कम्लिसले पाका पालेका, त्यही भएर सबै सुर्यमा घोट हाल्न तयार भाका


मान्सुङ चाम्लिङ

खोटाङ-नेपालको इतिहासमा ०४६ मा प्रजातन्त्रको पुनबहाली भएपश्चात नेपाली कांग्रेसले पटक पटक सरकार चलाएता पनि नेकपाले संचालन गरेको सरकारले शुरु गरेको आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम, वृद्ध, अपाङ्ग, विधुवा लगायतका भत्ताहरुलाई नै नेपाली जनताहरुले राहत महशुष गरेको सबै वृद्धाहरुले सहज र राज्यले सम्मान गरेको अनुभव गरेका छन्, स्थानिय ८१ वर्षिय गोविन्द बहादुर दाहालले बताए ।

त्यही भएर कम्युनिष्ट भन्नलाई स्पष्टता नहुँदा कम्लिसले वृद्धाहरुलाई सम्मान र बाँच्नको लागी उमेरमा हरेक किसिमले तिरेको करलाई भत्ताको रुपमा दिएर सम्मान गरिरहेकोले हाल आफ्नो परिवारमा कोही नभएता पनि भत्ताले बाँच्न पाइरहेको स्थानिय ७२ वर्षे वर्षामाया दाहालले बताइन । यसकारण अब आउने चुनावमा पनि सुर्यमा भोट हाल्न तयार भएको बताइन ।

नेकपा हलेसी तुवाचुङ नगर वडा नं.४ बडहरे हातिवन टोल कमिटी गठन गर्ने क्रममा वृद्धाहरुको उत्साह पूर्वक उपस्थितिले सोही बताइरहेको नेकपा जिल्ला सचिवालय सदस्य खेडन्द्र राईले बताए ।

उक्त कमिटीमा रामबहादुर बस्नेतको अध्यक्ष तथा धन कुमार राईको उपाध्याक्ष्तामा २१ सदस्य टोल कमिटी गठन गरिएको वडा पार्टी सचिव विनोद दाहालले बताए ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्