गण्डकीबाट राष्ट्रियसभामा निर्वाचनमा नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित

माघ ९, २०७६
पाेखरा — गण्डकी प्रदेशबाट राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा नेकपाका उम्मेदवारहरु विजयी भएका छन् । नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचन लगत्तै भएको मतगणनामा श्रेष्ठले ३४६२ र न्यौपानेले ३३६६ मतभार ल्याएको निर्वाचन कार्यालयले जनाएको छ।