Logo

किरामुमोले शेरबहादुर राईलाई सम्मान गर्‍यो, रामप्रसादको मृत्यु बारे गणेश अधिकारी यस्तो खुलसा


काठमाडौं-रामप्रसाद राईको सम्झना गर्दै नेकपा माओवादी (केन्द्र) निकट किराती राष्ट्रिय मुक्ति मोर्चाले बुधबार आयोजना गरेको ६९ औं सिंहदरबार विद्रोह दिवस कार्यक्रम हुँदै कम्युटर इन्जिनियर शेरबहादुर राईलाई डाक्टर उपाधी दिएको हो ।

उक्त कार्यक्रममा साहस राईको अध्यक्षतामा लेखक तथा इतिहासविद गणेश अधिकारी प्रमुख अथिति, नेकपा माओवादी (केन्द्र) अध्यक्ष गोपाल किराती बिशिष्ट अतिथी रहेको थियो । उत कार्यक्रम सन्चालन कार्यक्रम सन्चालन किरामुमोको सचिब मनिषा राईले गरेकी थिईन भने सम्मान पत्र किरामुमो उपाध्यक्ष सुमन बाङ्देलले पढेर सुनाएको थियो ।

सम्मान पत्र र पेटा ग्रहण लिन्दै शेरबहादुर राईले किराती राष्ट्रीय मुक्ती मोर्चालाई बिषेश धन्याबाद दिए । बिशेष ब्यक्ति जननायक रामप्रसाद राईको बिद्रोह गरेको दिबसमा सम्मान हुन पाउदा खुशी लागेको खोटाङ पाथेकामा जन्मिएको शेरबहादुर राईले बताए । त्यसै गरी लेखक तथा इतिहासविद गणेश अधिकारी भन्छन  ‘००७ सालका क्रान्तिकारी योद्धा रामप्रसाद राईलाई सिंहदरबामै हत्या गरिएको बताएका छन् । जननायकका रुपमा चिनिने रामप्रसाद राईबारे बोल्दै अधिकारीले उनको मृत्युबारे अन्यौलता रहेपनि रामप्रसादसँगै जेल बसेका सहयात्रीहरुले सिंहदरबारमै हत्या गरिएको बताएको खुलासा गरेका हुन् ।

बायाबाट क्रमस स म्मान पाउने शेरबहादुर राई, प्रमुख अथिती लेखक तथा इतिहासबिद गणेश अधिकारि, नेकपा (माओबादी केन्द्र) का अध्यक्ष गोपाल किराती
बायाबाट क्रमस सम्मान पाउने शेरबहादुर राई, प्रमुख अथिती लेखक तथा इतिहासबिद गणेश अधिकारि, नेकपा (माओबादी केन्द्र) का अध्यक्ष गोपाल किराती

माघ ८ गते अर्थात् नेपालको राजनैतिक इतिहासमा एउटा बिर्सन नमिल्ने घटना भएको दिन । मुक्ति सेनाका अग्रणी योद्धा रामप्रसाद राई र डा. केआइ सिंहको नेतृत्वमा सिंहदरबार कब्जाको प्रयास माघ ८ गतेकै रात भएको थियो । नेपालको इतिहासमा राजा महाराजाले गरेको ‘कु’ बाहेक जनताको तर्फबाट सिंहदरबार कब्जा गर्ने प्रयास गरिएको पहिलो घटना विसं.२००८ माघ ८ गते रातिको हो ।

पुष्पकर शाक्यका अनुसार रामप्रसाद राईलाई हनुमानढोका पुलिस चौकीका तत्कालीन इन्चार्ज बलदेव उपाध्यायको कमान्डमा गएको रक्षादलका जवानहरुले गिरˆतार गरेको थियो । मुगाधन राई नयाँ खुलासा गर्दै भन्छन्- ‘मेरो, जंगवीर राई र सुरवीर राईका कमान्डमा धेरै मुक्तिसेना थिए । शुरवीर राईको कमान्डमा रहेको मुक्तिसेनाहरुले ले. रामप्रसाद राईलाई पक्रेर थुनेका थिए ।’

त्यसैगरी कार्यक्रममा नेकपा माओवादी केद्रका अध्यक्ष गोपाल किरातीले भने– ‘क्रान्तिकारीहरुका लागि रामप्रसादको जन्म र मृत्युभन्दा पनि सिंहदरबार विद्रोह मूख्य कुरा हो । त्यसैले उनीहरुले विद्रोह गरेको दिनलाई हामी सम्झना गरिरहेका छौं ।’

(बाकी बितृत भिडियो हेर्नुस )

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्