Logo

सांसद मनाङेको दुई रुप संसद्‍मा बुद्ध, बाहिर रावण


राजीव गुरुङ उर्फ दीपक मनाङे सांसद बन्नुपूर्वको पाटो छुट्टै छ । माननीयको हैसियत पाउनुअघि उनको छवि अर्कै थियो । कुनै समय गुण्डा नाइकेको परिचय बनाएका मनाङे राजनीतिमा प्रवेश गरेर ०७४ को प्रदेशसभा निर्वाचनबाट विजयी समेत भए ।

चुनावताका उम्मेदवार छनोटको क्रममा तत्कालीन नेकपा एमालेले मनाङेलाई उठाउने विषयमा चर्को विरोध भएपछि मनाङेले त्यतिबेला दलीय उम्मेदवार बन्न पाएनन् । उनी स्वतन्त्र नै लडे, तत्कालीन एमालेले आफ्नो आधिकारिक उम्मेदवारको मनोनयन फिर्ता गरायो र ब्याकफोर्स दिएर मनाङेलाई जिताएको थियो ।

तर, निर्वाचित भएपनि तत्कालै माननीय बन्न भने पाएनन् ।

कारण उनको विगत थियो । वि। सं। २०६१ सालमा अर्का गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा उनलाई सरकारले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो ।

२०७५ वैशाखमा पक्राउ परि जेलचलान भएका मनाङे पुषको पहिलो साता थुनामुक्त भए । त्यसको हप्तापछि नै उनले प्रदेशसभामा सपथग्रहणको लागि निवेदन दिएका थिए ।

सुरुमा सपथ नखुवाउने मनस्थितीमा पुगेका सभामुख नेत्रनाथ अधिकारीले पछि मनाङेसँग भेटवार्ता गरेपछि माघ १४ मा बल्ल माननीयको हैसियत पाएका थिए ।
त्यसको भोलिपल्टै मनाङे विहारी गाडी लिएर संसदमा छिरेका थिए ।

त्यसयता गण्डकी सरकारले दुइ अधिवेशन सकिसकेको छ । चालु आर्थिक वर्षको बजेट अधिवेशनपछि अहिले हिउँदे अधिवेशन चलिरहेको छ ।

अहिलेसम्मको संसदको बजेट अधिवेशन देखि लिएर, हिउँदे अधिवेशन, शून्य र विशेष समयमा मनाङेले बोलेको रेकर्ड छैन ।

तर, दुई अधिवेशन सकिइसक्दा पनि संसदमा एकपटक पनि नबोलेर बुद्ध बनेका मनाङेले मंगलबार मुख्यमन्त्री कपमा रावण रुप देखाए ।

बुधबारको पत्रकार सम्मेलनमा भने, “तपाईंहरु गान्धीतिरको हुनुहुँदोहेछ । म चााहिँ रावणतिर परें ।”

२०७५ माघ १४ गते सभामुख नेत्रनाथ अधिकारीबाट उनले सांसदको सपथ खाएका हुन् । उनलाई गत असार १९ मा नेकपा प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीमा भित्र्याएका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्