Logo

उपसभामुख माग्न पौडेल खुमलटार पुगे: दाहाल सकारात्मक


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ । 

भेटवार्ताका क्रममा प्रचण्ड र पौडेलबीच उपसभामुखको विषयमा छलफल भएको पौडेल निकट एक नेताले जाकाकारी दिए ।

‘रामचन्द्र पौडेल र प्रचण्डबीच भेट भएको हो । पौडेलले उपसभामुख कांग्रेसलाई दिन प्रचण्डसँग प्रस्ताव गर्नुभयो । उहाँको प्रस्ताव प्रचण्ड सकारात्मक रहनुभएको बुझिएको छ’ ती नेताले भने ।

भर्खरै सम्पन्न कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले सभामुखमा कांग्रेस उम्मेदवारी नदिने निर्णय गरेको छ । उपसभामुख भने कांग्रेसले दाबी गरेको छ ।

कांग्रेसलाई उपसभामुख दिन नेकपा पनि सकारात्मक बनेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । ‘उपभामुखको विषयमा हामीले छलफल गरेका छैनौं । कांग्रेसलाई उपसभामुख दिने, नदिने विषमा हामी छलफल गर्छौै’ सचिवालय सदस्य समेत रहेका पौडेलले भने ।

कांग्रेसले सभामुखको उम्मेदवार बनाउने भनेर चर्चामा ल्याएको संसदीय दलकी सचेतक पुष्पा भुषाललाई अब उपसभामुखको उम्मेदवार बनाउने कांग्रेस स्रोतको भनाइ छ ।

नेपालको संविधान– २०७२ को धारा ९१ (२) अनुसार, प्रतिनिधि सभाको सभामुख र उपसभामुख एउटै दलको उम्मेदवार र एकै लिङ्गको हुन सक्दैनन् । यही प्रावधान अनुसार नेकपाले कांग्रेसलाई उपसभामुख दिन लागेको हो ।

राष्ट्रिय जनता पार्टी (राजपा) ले पनि उपसभामुख दावी गरेको छ । नेकपाको सभामुख उम्मेदवारलाई सघाउने निर्णय गरेको राजपाले ९ माघमा हुने राष्ट्रियसभा निर्वाचका लागि पनि नेकपासँग तालमेल गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले भने, ‘उपसभामुख कुन दललाई दिने नेकपाको हातमा छ । दाबेदार हामी पनि छौं ।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्