रिक्त सभामुख निर्बाचनमा अग्नी साप्कोटा भए एक्लो उमेद्वार

प्रतिनिधि सभाका सभामुखमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित हुने भएका छन् । संसद सचिवालयमा आज (मङ्गलबार) सापकोटाको मात्रै उम्मेदवारी परेपछि १२ माघ दिउँसो बस्ने प्रतिनिधि सभा बैठकबाट उनी सभामुखमा निर्विरोध निर्वाचित हुने पक्का भएकाे हाे ।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख चार राजनीतिक दलमध्ये कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले उम्मेदवार दिएका छैनन् । संघीय संसद सचिवालयले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावलीमा सापकोटाको मात्र नाम उल्लेख छ ।
सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, पूर्वसभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मणलाल कर्ण रहेका छन् ।