Logo

दृष्टिकोण मैले पढेको कथा-दीपक लोहनी


33 Views

नेपाली साहित्यमा ०३५ देखि छापामा देखिनु भएको हो । उहाँ कविता, गजल, मुक्तक, निबन्ध र कथा लेख्दै र सम्पादन अनि पत्रकारको रुपमा आफूलाई चिनाउँदै साहित्यमा दिव्य ४१ वर्ष आफ्नो उहीँ आन्तर्मुखी स्वभावसाथ बिचरण गरिरहनु भएको छ ।

गजलको सम्पादक भनि ५० सालको असारे झरीका दिन राष्ट्रिय बीमा संस्थाको छिडीको कोठामा इन्द्रदाईसंगको चिनजान ०५४ सालमा समकालीन साहित्यमा उहाँको #खुल्ला_कारागार कथा पढेपछि अाजसम्म एकनासको आत्मियतामा बित्यो । यो आत्मियतामा उहाँको सम्पूर्ण अन्य परिचय ध्वस्त भएर मात्र कथाकारको परिचय मसंग सदासर्वदा जिवित रहिरहेको छ । सामाजिक सञ्जालमा कथाकार इन्द्रकुमार श्रेष्ठ “सरित्” कथा संग्रह #ऋतु_फेरिदै_जान्छ प्रकाशनमा आएदेखिनै उहाँको कथा पढ्न मन लागेको हो तर ०७६ को दशैको रौनकमा उहाँको पुस्तक उहाँकै हातबाट प्राप्त गर्ने अवसर प्राप्त गरे पनि पाठकको समीक्षा लेख्न आजको दिन कुर्नु पर्यो । यतिका लामा समयमा उहाँले कहिल्यै झक्झकाउनु भएन ।

“ऋतु फेरिदै जान्छ” मा कथाकार “सरित्” का ०६० सालदेखि लगभग ०७२ सालसम्म लेखिएका २५ वटा कथाहरु संग्रहीत छन् । संग्रहलाई पुरानो प्रकाशन रत्न पुस्तक भण्डारले बजारमा ल्याएको छ । संग्रह यतिखेर दोस्रो संस्करणमा गएको छ । मूलत: कथाकार इन्द्रकुमार श्रेष्ठ “सरित्” सहर केन्द्रीत कथा लेख्ने कथाकार हुनुहुन्छ । सहरका मान्छे र मान्छेभित्र लुकेर वा लुकाइएर बसेको सानो क्रेशलाई च्याप्पै समाती कथामा बुलन्द बनाउने उहाँको कथाकारिताको मूल शील्प हो । शैली उहाँको आफ्नै सनातन छ । ऋतु फेरिएको छ तर शैली र स्वभाव “माइलस्टोन” झै अडिक छ ।

“ओल्ड इज् गोल्ड” को जमानामा पुरानो शैलीलाई छोड्नु पर्छ भन्ने आसय त राखिन्न तर शैलीमा बेला बेला केही फरक “पर्फ्यूम” छर्किनु राम्रो मानिएला कि ? कथाकार इन्द्रकुमार श्रेष्ठ “सरित्” लाई नजिकबाट चिन्ने हरकोहीलाई थाह छ उहाँ आन्तर्मुखी कथाकार हो भन्ने ।

नाम छोपिदा कथाकार इन्दको शैली इन्द्रका असली पारखीहरुले ठ्याम्मै चिन्छन् । “ऋतु फेरिदै जान्छ” मा कथाकारले द्वन्दका कथाहरुलाई रोज्नु भएको छ । कथाहरु समयसापेक्ष छन् । तर कथाहरु सबै साम्यवादी सोचबाट कोरिएकाछन् । स्वभियत रुसताका गोर्की र उनका प्रभावमा बुनिएका अन्य कथाकारहरुको छनक कथामा देखिन्छ, तर कथाहरु जहाँसुकैको कोही साम्यवादी कथाकारहरुसंग मेल खादैन । साम्यवादी कथाकारहरुले कथामा सधै नायकलाई नायक नै बनाएर एउटा बिचार छोड्छन् भने कथाकार “सरित्” ले कथालाई यथार्थपरक र समयपरक बनाउनु भएको छ ।

जीवनको हरेक नायकले सधै जितेका छैनन् । कथाकार इन्द्रले यहि वादलाई संग्रहभित्रका कथामा पोख्नु भएको छ । “ऋतु फेरिदै जान्छ” कथा संग्रहमा हामीभित्रको जनयुद्ध र जनआन्दोलन राजनीतिक र व्यवहारिक रुपमा उतारिएको छ । राजनीतिले जीत् र ठोक् भन्छ तर व्यवहारिकताले यथार्थतालाई आनावरण गर्छ । कथाकार कथा पढ्दै जाँदा पुरै साम्यवादी जस्तो लाग्छ पाठकलाई फेरि कथा बुझ्दै जाँदा कथाकार समाजवादी लाग्न थाल्छ । यदि राजनीतिले अव्याख्या नगरिदिने हो भने कथाकार सरित् कथामा साम्यवादी/समाजवादी संगसंगै बन्नुभएको छ ।

कथा समयले लेखाउछ, तर पनि कथाकारको कोण भने कथाकारले पहिल्यै तयार पारिसकेको हुनु पर्छ। कथाकार “सरित्”को कथामा आफ्नो कोण भने शहरिया सम्भ्रान्त बन्न खोज्नेहरुको धज्जी पात्र स्वयंले पढ्दा थाहा नपाउने गरि उढाउनु हो । उहाँ कथाबाट वर्गभेद हटाउन चाहनु हुन्छ । ०५४ सालमा प्रकाशनमा अाएको “खुल्ला कारागार” देखि ०७४ सालमा प्रकाशनमा आएको “ऋतु फेरिदै जान्छ”सम्म उहाँको यो कथाकोण यथावत छ । कथाकारको जीत र परिचय नै यहि हो । कथाको बुनाई एकनासको छ – यसले पाठकलाई आलश्य बनाउन सक्छ । पुरानो कथालेखनको शैलीलाई कथाकारले समातिरहनु भएको छ ।

“ओल्ड इज् गोल्ड” को जमानामा पुरानो शैलीलाई छोड्नु पर्छ भन्ने आसय त राखिन्न तर शैलीमा बेला बेला केही फरक “पर्फ्यूम” छर्किनु राम्रो मानिएला कि ? कथाकार इन्द्रकुमार श्रेष्ठ “सरित्” लाई नजिकबाट चिन्ने हरकोहीलाई थाह छ उहाँ आन्तर्मुखी कथाकार हो भन्ने । उहाँको कथाले नेपाली बजारमा आशातीत चर्चा नपाउनुमा यहि उहाँको स्वभावले मुख्य भूमिका खेलेको छ । स्वभाव बदल्नुहोस् त भनिदैन तर कथाको बजार चाहि खोज्नुहोस् भनिनू कथाको हर प्रेमीले #ऋतु_फेरिदै_जान्छ, पढेपछि भन्नै पर्छ । कथा शत् प्रतिशत #कथा छ ।

प्रतिक्रिया दिनुहोस्
//ofgogoatan.com/afu.php?zoneid=1766347