नेका प्रतिपक्ष होइन, सत्तापक्ष नै, जहाँ नेकपामा प्रवेश गर्दाको क्षणहरु टोलटोलहरुमा
विमला दाहाल
खोटाङ। नेतृत्व तहमा नेकपाका नेताहरुको सहकार्य र कार्यसिलताले सकारात्मक गति लिंदै गर्दा प्रतिपक्ष नेका अझ सरकार पक्ष जस्तो भएर सरकारको हरेक क्रियाकलापहरुलाई सहयोग गर्दै आएको क्षण खोटाङ जिल्लाको टोल कमिटीहरु गठन प्रक्रिया समेत सोही अनुभुती भइरहेको हलेसी तुवाचुङ वडा नं.४ वडहरेका नेकपा वडा पार्टी सचिव विनोद दाहालले बताए ।
हरेक टोल कमिटीहरु गठन गर्दा नेपाली कांग्रेस परित्याग गरेर नेकपा प्रवेश गरिरहेको समयमा अब नेपाली कांग्रेस पार्टी रहनुको खास अर्थ नै नभएको जस्तो स्थानिय गाउँहरुमा भएको शेष कुमार पौडेलले बताए ।
बडहरेको खोक्सेलीमा हरिलाल दाहालको अध्यक्षतामा २७ सदस्य टोल कमिटी गठनसँगै नेका परित्याग गरि अमृत खत्रि, कासी नेपाली र छन्द नेपाली नेकपामा प्रवेश गरेको सचिव दाहालले बताए ।