Logo

गायक बुद्ध राई र रिमि राईको पुर्बै घुमेर बोलको गित सार्बजानिक


आश कुमार राई

काठमाण्डौ -धेरै गितहरुमा आफ्नो स्वर दिईसकेका सुमधुर स्वरका धनी नेपाल आईडियल गायक बुद्ध राई र गायिका रिमि राईको पुर्बै घुमेर बोलको जुहारी गित हिजो बजारमा सार्बजनिक भएको छ। पुर्बेली लोकबेसमा रहेको उक्त गित दिल्कु राईले लेखेकी हुन भने सङ्गीत गायक स्वयमको रहेको छ।

सुमन राईले एरेन्ज गरेको यो गित एक्सन स्टुडियोमा सुबास कुथुमी राईले रेकर्ड गरेको हो भने उक्त गितलाई साउण्ड ईन्जिनियर गोबिन्द सोनिले मिक्सिङ गरि OSR डिजिटल युट्युब च्यानलले आफ्नो अफिसियल युट्युब च्यानलबाट हिजो सार्बजनिक गरेको हो, उक्त मन छुने जुहारी गितको म्युजिक भिडियोमा रबिन थापा मगर र अनुशा राईको जोडदार अभिनय रहेको छ ।

त्यस्तै गरी यो गितको डाईरेक्सन बिष्वजं माझीले गरेको हुन रबिन थापा मगरकै सम्पादन रहेको उक्त गित प्रती शब्द, गायकी, रेन्ज र भिडियो पनि राम्रो बनेको हुँदा श्रोताहरुले यश गितलाई मनपराई दिने कुरामा आफुहरु बिश्वास र आशाबादी रहेको गायक बुद्ध राई र गायिका रिमि राई बताउछन।

पूरा गित सुन्नको लागि तल लिंकमा क्लिक गर्नु होला।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्