Logo

भारतबाट मुसलमानलाई लखेट्छौं: भाजपाका नेता दिलीप घोषले


नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टीका प्रमुख दिलीप घोषले मुसलमान घुसपैठियाहरुको पहिचान गरेर आवश्यक परेमा उनीहरुलाई भारतबाट बाहिर लखेटिने जनाएका छन् ।

एक र्यालीलाई आइतबार सम्बोधन गर्दै भाजपाका राज्यका प्रमुख घोषले भनेका छन्, ‘‘५० लाख मुसलमान घुसपैठियाको पहिचान गरिनेछ र जरुरत परेमा उनीहरुलाई देशबाट बाहिर निकालिनेछ ।’’

उनले अगाडि भनेका छन्, ‘‘पहिला उनीहरुको नाम मतदाता सूचीबाट हटाइनेछ । जसले नागरिकता संशोधन कानुनको विरोध गरिरहेका छन् उनीहरु कि भारत विरोधी छन् कि बंगाल विरोधी हुन् । त्यसैले उनीहरु हिन्दु शरणार्थीलाई नागरिकता दिने कुराको विरोध गरिरहेका छन् ।’’ (बीबीसीबाट)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्