Logo

दुई दर्जन नेका, नेकपामा प्रवेशसँगै टोल कमिटी गठन तिब्र


5 Views

मान्सुङ चाम्लिङ

खोटाङ। हलेसी तुवाचुङ नगरपालीका वडा नं.४ वडहरेमा नेपाली कांग्रेस परित्याग गरी नेकपामा करिब दुई दर्जन प्रवेशसँगै टोल कमिटी गठन तिब्र भएको छ । साविक वडा नं.७ को ऋषिकेश दाहालको अध्यक्षतामा तथा याम बहादुर तामाङको उपध्यक्षतामा ४५ सदस्य कमिटी गठन भएको छ ।

उक्त टोल कमिटी गठनमा थाम बहादुर तामाङ, लक्ष्मी तामाङ, धन बहादुर तामाङ, हेम कुमारी दाहाल, सरिता तामाङ, बल बहादुर तामाङ, राधा तामाङ, दिलमाया तामाङ, बिरस तामाङ, जित बहादुर तामाङ, मसिनि तामाङ लगायत नेपाली कांग्रेसका स्थानिय कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको वडा सचिव विनोद दाहालले बताए ।

टोल कमिटी गठन कार्यक्रममा सचिवालय सदस्य खडेन्द्र राई, जिल्ला कमिटी सदस्य विष्णु दाहाल, जिल्ला सल्लाहकार शेष कुमार पौडेल लगायतका नेताहरुको उपस्थिति रहेको दाहालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
//ofgogoatan.com/afu.php?zoneid=1766347