अदालतले के भनि रवि लामिछानेलाई सफाइ दियो ?

जिल्ला अदालत चितवनले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सफाइ दिएको छ ।
जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले दिएको जानकारीअनुसार न्यायाधीश हेमन्त रावलको इजलासले उनलाई सफाइ दिएको हो ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा उनीविरुद्ध मुद्दा चलेको थियो । अदालतले आत्महत्या दुरुत्साहनको अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
न्युज २४ टेलिभिजनका प्रस्तोतासमेत रहेका लामिछानेलाई सफाइ दिएको पत्रकार दीपक बोहोराले जानकारी दिएका छन् ।