Logo

जनताको लहर नेकपामा, केन्द्रिय नेता पदमा बार्गेनिङ


 मान्सुङ चाम्लिङ

खोटाङ। जिल्लाको नेकपा पार्टी एकतासँगै अभियानको रुपमा टोल टोलमा एकता क्रम जारी नै छ । हलेसी तुवाचुङ नगरको वडा नं.४ बडहरेमा बाँकी रहेको टोलहरु मध्ये साविक ९ मा देबि प्रसाद दाहालको अध्यक्षतामा ४५ सदस्य र बाङमा टोलमा पुर्ण बहादुर तामाङको अध्यक्षतामा २५ सदस्य टोल कमिटी गठन भएको वडा कमिटी सचिव विनोद दाहालले बताए ।

स्थानिय गाउँघर, टोल, छरछिमेकमा अन्य पार्टीहरुमा भएका सबै जनताहरुको माहोल नेकपामय भइरहँदा तथा नेकपामा प्रवेशको लहर चलिरहेको समयमा साथै आसा र भरोसा गरिरहेको समय नेकपा केन्द्रिय नेताहरु भने पदिय लाभमा अल्मलिरहेको सन्देश जनताहरुमा जाँदा जनताहरुले प्रश्न उठाउन थालेको जिल्ला पार्टी सचिवालय सदस्य नेता खडेन्द्र राईले बताए ।

नेकपा टोल कमिटी गठनसँगै प्रशिक्षण तुरुन्तै आवश्यक माग भएको वडा सचिव विनोद दाहालले बताए । अब नगर कमिटीको वैठक राखेसँगै हरेक टोल कमिटीलाई प्रशिक्षण कार्यक्रम राखिने नगर पार्टी अध्यक्ष सुरेन्द्र कुमार राईले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्