येले दोङ (सम्बत्) का लागि सबै किरातीहरुसँग सहकार्य गर्नुपर्ने देखिन्छ
–निनाम कुलुङ ‘मंगले’
सन् २०२० जनवरी १४ मा ‘सार्वजनिक अनलाइन’मा प्रकाशित ‘किरात येले सम्बत्ः व्यवहारिक पात्रो निर्माण र प्रयोगको बाटो’ शीर्षकको लेखको लागि लेखकद्धयलाई ओलोनुव/धन्यवाद ! हुन त यो लेख केही असहमति र केही प्रश्न सहित जनवरी १४ मै ‘सार्वजनिक अनलाइन’मा प्रकाशित होला कि ? भनी पठाएको हो । तर, केकति कारणले हो ? सो अनलाइनमा आजका मितिसम्म पनि प्रकाशित नभएपछि ‘मुन्धुमस्टार’ अनलाइनमा पठाएको छु । आशा छ, विषयको गाम्भीर्यता र विसं २०६८ को राष्ट्रिय जनगणनामा अलग्गै जातिका रुपमा आएका आठपहरिया, कुलुङ, नाछिरिङ, मेवाहाङ लगायत १२ वटा किरातीहरु जो त्यसअघि कथित् राई ! जातिमा गाभिएका थिए, उनीहरुसँग पनि ‘येले दोङ ५०८० लागू गर्ने/मान्ने कि ३७९९ ?’ बहस, छलफल र कुराकानी गर्नु पर्छ कि पर्दैन ? कि सो लेखका लेखकद्धय अमर तुम्याहाङ मामा (किनभने यो पंक्तिकारको आमा लुम्फुङवा थरको लिम्बु हो ।) र बलिराज खम्बु पनि कथित् राई ! जातिको नाममा खुलेको राई यायोक्खा नामक (स्मरण रहोस्, यायोक्खा शब्द बान्तावा जातिको मातृभाषा हो भने, यायोक्खाको अर्थ यो पंक्तिकारलाई थाहा भएन) एनजिओ, समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र, रजिस्टर्ड नम्बर–३२८/०४९/०५० का हर्तार्ता राई सर राईनी म्याडमहरुको हाहाहुहु (हुन सक्छ, हजुरहरुलाई उनीहरुबाट दवाव पनि होला !) मै कुद्नु पाउँदा नै दंग पर्नु भएको छ ?
हुन त सो लेख दुई वर्षअघि नै प्रकाशित भएको रहेछ, सोही लेखलाई ‘सार्वजनिक अनलाइन’ले फेरि प्रकाशित गरेको रहेछ । तर, सो लेख पढेपछि यो पंक्तिकारलाई के लाग्यो भने, सो लेख लेख्ने अमर तुम्याहाङ मामा (किनभने यो पंक्तिकारको आमा लुम्फुङवा थरको लिम्बु हो ।) र बलिराज खम्बु ज्यु पनि केवल ४ किराती जस्तै कथित् राई ! जाति, याक्थुङबा (लिम्बु), कोईँच (सुनुवार) याक्खालाई मात्रैे किराती देख्नु/ठान्नु हुन्छ कि ! जस्तो लाग्यो । तर, नेपालमा कथित् राई ! जाति, याक्थुङबा (लिम्बु), कोईँच (सुनुवार) याक्खा मात्रै नभएर विसं २०६८ को राष्ट्रिय जनगणनामा अलग्गै जातिका रुपमा आएका आठपहरिया, कुलुङ, नाछिरिङ, मेवाहाङ लगायत १२ वटा जाति र हायु, सुरेल, जिरेल, थामी लगायत अन्य किरातीहरु पनि छन् ।
विश्वका कुनै पनि मान्छे ऊ आदिवासी जनजाति हो/होइन ? भनी छुट्याउने आधार उसको नागरिकता, जग्गा–धनी प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, ड्राइभिङ लाइसेन्स, पासपोर्ट वा तीन पुस्ते नभएर उसको ऐतिहासिक भूमि, वंश, परम्परा, मातृभाषा, भेषभुषा, संस्कार, संस्कृति, रीतिरिवाज, चालचलन, चाडपर्व, परम्परागत कानुन, लिखित वा अलिखित इतिहास आदि हो ।
त्यसैले माथि उल्लेखित ‘किरात येले सम्बत्ः व्यवहारिक पात्रो निर्माण र प्रयोगको बाटो’ शीर्षकको लेखले किराती जातिहरु बाहेक नेपालका अन्य जातजाति र समुदायमा पनि एक किसिमको बहस र छलफल गराउला नै भन्ने आशा गर्न सकिन्छ । त्यसैले ‘किरात येले सम्बत्ः व्यवहारिक पात्रो निर्माण र प्रयोगको बाटो’ शीर्षकको लेख लेखेर बहस र छलफल गराउनु भएकोमा फेरि पनि लेखकद्धयलाई धन्यवाद/ओलोनुव ! अथवा यसो भनौं ‘यो पंक्तिकार केहीनजान्ने कुलुङे ‘ढाक्रे’ नै भए तापनि यहाँहरुसँग ‘३७९९’ वा ‘५०८०’ लाई आधिकारिक रुपमा किरातीहरुले येले दोङ (संवत्) मान्ने ? भन्ने सम्बन्धमा बहस गर्न वा भनौं पांैठेजोरी खेल्न आएँ है !’ त्यसैले यो केहीनजान्ने कुलुङे ‘ढाक्रे’को सुझाव के छ भने, आगामी दिनमा हजुरहरुले समग्र किरात र येले सम्बत्को वकालत गर्दा, लेख्दा सो बारेमा बहस वा छलफल गर्दा (कुलुङहरुले येले दोङ भन्छन् भने, गएको पुस १५ गतेदेखि कुलुङहरुको जीवनचक्रअनुसार ५०८० सुरु भयो भने पहिलो महिनाको नाम चाक्चाकूर हो र, यसै महिनाको नाममा कुलुङहरुले “मिनारी दाचाम् चाक्चाकूर” पर्व मनाउँछन् ।) केवल ४ किराती जस्तै कथित् राई ! जाति, याक्थुङबा (लिम्बु), कोईँच (सुनुवार) याक्खालाई मात्रै नभएर माथि मैले उल्लेख गरेका र, कम्तिमा पनि विसं २०६८ को राष्ट्रिय जनगणनामा अलग्गै जातिका रुपमा आएका किरातीहरुलाई पनि समेटेर लेख्नु हुन्छ कि ? बहस वा छलफल गर्न हुन्छ कि ? भन्ने मेरो आग्रह हो । तर, तपाईहरु (लेखकद्धय) को नजरमा पनि नेपालमा कथित् राई ! जाति, याक्थुङबा (लिम्बु), कोईँच (सुनुवार) याक्खा मात्रै छन् अरु सबै बकवास हो भन्ने लाग्छ भने त सक्कि गो ! नभए … ।
त्यसैले हजुरहरु जस्ता प्राज्ञ वा विद्धानहरुले (विगतमा जे भयो, भयो तर, आगामी दिनमा) समग्र किरात, किरातीहरु र येले सम्बत्को बारेमा लेख्दा, वकालत गर्दा, वा सो बारेमा बहस र छलफल गर्दा ४ किराती माथि मैले उल्लेख गरेका र, कम्तिमा पनि विसं २०६८ को राष्ट्रिय जनगणनामा अलग्गै जातिका रुपमा आएका किरातीहरु सहित हायु, सुरेल, जिरेल, थामी, कुलुङ, मेवाहाङ, आठपहरिया लगायत अन्य किरातीहरुलाई पनि सूचनाको हकअनुसार पनि सूचना दिने, भाग लिन बोलाउने, छलफल र बहसमा सहभागी गराउने गर्नु पर्यो भन्ने मेरो आशय हो । जस्तो सो लेखमा तस्बीरसहित (किराती प्रथम राजा (हाङ) मानिएको यलम्बरको तस्बीरसँगै) किरात ‘येले सम्बत् ३७९९ कि ५०८० ?’ भनी जो हाई लाइट गरेर राखिएको छ, त्यो केही वर्षअघि केवल ४ किराती भनिने जस्तै कथित् राई ! जाति, याक्थुङबा (लिम्बु), कोईँच (सुनुवार) याक्खा (हजुरहरु जस्ता प्राज्ञ वा विद्धानहरुले मान्ने वा गिनेको/चुनेको किराती !?) का प्रतिनिधिहरु मात्रै सहभागी भएर गरेको छलफल र बहसको निचोड थियो अरे ! क्यारे ! त्यसमा एक जना रेग्मी र अन्य केही विद्धान भनिनेहरुको सहभागिता थियो अरे ! यसरी सीमित र मुठ्ठीभर ! मान्छेहरुले भेला भएर गरेको छलफलबाट येले सम्बत् ३७९९ हुनु पर्छ भनेर निकालेको निचोड बाँकी (लगभग ९५–९६ प्रतिशत) किराती जाति र समुदायहरुलाई सहभागी नगराएर वा बहिस्करण गरेर निकालेको निचोड पनि … होला त ?
जबकि भन्ने वेलामा हामी आपैंm ‘नेपालका आदिवासी जनजाति हौं ! भूमि पुत्र हौं !’ भन्छौ । तर, हाम्रो आप्mनै व्यवहार र चरित्र भने बाहुन छेत्रीहरुको भन्दा पनि गए गुज्रेको छ । अनि फेरि पनि हामीहरु नै ‘राज्यमा समावेशी भएन, सरकारमा समावेशी भएन, निजामती कर्मचारीमा समावेशी भएन, जताततै १२.७ प्रतिशत बाहुनहरु हावी भए ! बा … हरुले देश खा … भन्छौं !’ तर, मौका पर्दा वा पाउँदा भने आदिवासी जनजाति हौं भन्ने हामी आपैmले पनि त्यसै ग … ।
कि भने, लेखकद्धयले ‘यो धरतीमा हामी ४ किराती बाहेक अरु किरातीहरु छैनन् । हामी नै ध्रुव–सत्य हो !’ भन्न सक्नु पर्यो । हाम्रो नजरमा हायु, सुरेल, जिरेल, थामी, कुलुङ, मेवाहाङ, आठपहरिया लगायत अन्य किरातीहरु किराती होइनन् ? भनी लेद्यन÷भन्न सक्नु पर्यो । यो प्रश्न त गम्भीर पो छ है, अमर तुम्याहाङ मामा ज्यु र बलिराज ज्यु !
हुन त, अमर तुम्याहाङ मामा पल्लो किरात (लिम्बुवान) को पनि ताप्लेजुङ/ताप्लिजोङ जिल्लाको हुनु भएकोले हजुरलाई त राम्रैसँग थाहा होला कि, जसरी नेपालको भगौलिक एकीकरणपछि (त्यो वेलासम्म एकै रहेको किरात भूमिसमेत फुटाएर) वल्लो किरात, माझ किरात र पल्लो किरात/लिम्बुवान बनाइयो । त्यसपछि ती भू–क्षेत्रका धनीमानी वा भनौं ठूलाबडा र टाठाबाठाहरुलाई स्थानीयस्तरमा शासक अर्थात् छोटे राजाका रुपमा ‘मुखिया’, ‘राई’ र ‘सुब्बा’ पदवी ा भनौं पगरी वदिइएको थियो । त्यस्तै पदवी पगरीमध्ये एक हो –‘पल्लो किरात अर्थात् लिम्बुवानका तपाईँहरु (लिम्बु) र लाप्चाले पाएको ‘सुब्बा’ पद वा पगरी ।’ हजुरहरु (लिम्बुको) को असली जात वा चिनारी त लिम्बु वा याक्थुङबा नै हो । त्यस्तै हो –‘राई’ पद वा पगरी पनि ।’ उनीहरु असलीयतमा खम्बु थिए । तर, आज आएर त्यही ‘राई’ पद वा पगरीलाई नै जाति मान्न लगाउने वा मान्ने वा नमाने पनि जबरजस्ती गर्ने र, जसले आपूmलाई राई ! होइन भन्दैछ, उसको नागरिकता, शैक्षिक प्रमाणपत्र, ड्राइभिङ लाइसेन्स, पासपोर्टमा मात्रै होइन, तीन पुस्तेमा समेत राई ! छ भन्दै हिँड्ने प्रविद्धि केही समय पहिलेसम्म बढ्दो क्रममा थियो । अभैm पनि सानो स्वरमा यदाकदा त्यसो भनिन्छ अरे ! भन्ने सुनिन्छ । तर, विश्वका कुनै पनि मान्छे ऊ आदिवासी जनजाति हो/होइन ? भनी छुट्याउने आधार उसको नागरिकता, जग्गा–धनी प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, ड्राइभिङ लाइसेन्स, पासपोर्ट वा तीन पुस्ते नभएर उसको ऐतिहासिक भूमि, वंश, परम्परा, मातृभाषा, भेषभुषा, संस्कार, संस्कृति, रीतिरिवाज, चालचलन, चाडपर्व, परम्परागत कानुन, लिखित वा अलिखित इतिहास आदि हो ।
तर, यहाँ अचम्म के भइरहेको छ भने, कथित् राई ! जाति भन्दै कथित् राई ! जातिको नाममा एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र, रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) खोलेर राई ! जातिको नाममा राईँदाईँ गर्ने राई सर राईनी म्याडमहरुकै पछि कुद्नेहरुको भीड देखिन्छ । जसले कथित् राई ! जाति संख्या देखाएर उनीहरुको नाम भजाएर राजनीति मात्रै नगरेर सिंगापुर प्रहरी, बेलायती सेना, बु्रनाईको राजप्रासाद सेवामा कार्यरत भूपूहरु र इजरायल, दक्षिण कोरिया, मलेसिया, साउदी अरब, कतार, कुवेत, बहराइन, ओमान, युनाइटेड अरब इमिरेटस् (युएइ) लगायत देशमा रहेका राई ! भनिनेहरुसँग कथित् राई ! जातिको नाममा चन्दा तथा आर्थिक सहयोग उठाएर खानेसम्मका काम अहिलेसम्म भइरहेकै छन् । तर, कहिलेसम्म मान्छेलाई भ्रमजालमा राख्न सकिन्छ ?
केही समयअघि यो केहीनजान्ने कुलुङे ‘ढाक्रे’लाई एक जना राई ! मामा जो असलीयतमा बान्तावा हुन्, (भूपू बेलायती सेना) ले बताएअनुसार (ललितपुर जिल्लाको कुनै एक ठाऊँ (५,९, १३, १४ वडा क्षेत्रमा) त्यसरी ‘एक जाति राई ! २८ भाषी राई !’ भन्दै पटकपटक चन्दा वा भनौं आर्थिक सहयोग माग्न आउने राई सर राईनी म्याडहरुलाई ‘होइन एक जाति राई … भन्ने … पटकपटक … माग्न आउेन ?’ भनी प्रायः सबैले दिक्क मान्दै प्रश्न गर्न थालेपछि … का लागि आर्थिक सहयोग वा चन्दा भन्नुको सट्टा सांस्कृतिक कार्यक्रमको लागि भन्दै टिकट बनाएर महँगो टिकट भिडाउन थालेका छन् अरे ! सो कुरो ती मामाले म स्वयम्लाई दिक्क मान्दै … ‘के गर्नु भाञ्जा’ भनी बताएका थिए । ती मामाका अनुसार ‘यायोक्खा’ नाम बान्तावा भाषामा राखेपछि हाल विभिन्न ठाऊँमा राईको नाममा उफ्रीपाफ्री गर्दै नाच्ने नाच ‘साकेवा’चाहिँ चाम्लिङ भाषामा राखिएको अरे !
त्यसो त इजरायल, दक्षिण कोरिया, मलेसिया, साउदी अरब, कतार, कुवेत, बहराइन, ओमान, युनाइटेड अरब इमिरेटस् (युएइ) लगायत देशमा रहेका राई भनिनेहरुले पनि राई यायोक्खाका हर्ताकर्ताहरुसँग ‘कति चन्दा मात्रै तोकेरै (यत्ति रकम जसरी पनि उठाएर पठाउनु भनी पत्र लेख्ने गरिन्छ अरे !) माग्छौ ? अब हामीलाई अधिवेशनमा पर्यपेक्षक मात्रै होइन, प्रतिनिधि हुने अधिकार पनि देऊ !’ भनी माग राखेका थिए । स्मरणीय छ, कुनै पनि राजनैतिक दल, तिनका भातृ संगठन वा संघ–संस्थामा प्रतिनिधि भएपछि मात्रै कुनै पनि पदमा दावी गरेर उम्मेदवार हुन पाइन्छ, पर्यपेक्षक भनेको त रमिते मात्रै हो । जे होस्, हालसम्म कथित् राई ! जातिको नाममा चन्दा तथा आर्थिक सहयोग उठाएर खाँदै छन्, मुहान सुकी सकेको छैन ।
माथिको लामो कथा हाल्नुको खास कारण के हो भने, लेखकद्धयसँग फगत पांैठेजोरी खेल्नुभन्दा पनि लेखकद्धयसँगै अरुले पनि असलीयतमा राई ! के हो, राई जातिवालाहरुको चर्तिकला ! के हो ? भनेर बुभूmन् भनी प्रस्ट्याउनु नै हो । त्यसैले लेखकद्धयले आगामी दिनमा यस विषयमा पनि प्रस्ट्याएर लेखहरु लेख्नु हुने छ भन्ने आशासहित … किनभने, तपाईँहरु जस्ता (र, अरुहरुले पनि) प्राज्ञ, प्राध्याक, डाक्टर, लेखक, विज्ञ, अनसन्धानकर्ता, पत्रकार भनिनेहरुले सम्म कथित् राई ! जाति र राई ! का नाममा केही टाठाबाठा राईवालाहरुलाई मात्रै साथ दिनु/लिनु भएको देखिन्छ । त्यसैले आगामी दिनमा ‘कुनामा बसेर दुनामा खाने कुलुङे ढाक्रे’ लगायत अन्य किरातीहरुलाई पनि सम्झिनु पर्यो भन्ने हो । साथै भोलि साँच्चै राई जाति, त्यो पनि आदिवासी ! हो/होइन ? भनी वैज्ञानिक ढंगले अध्ययन–अनुसन्धान गर्दा जाति हुने कुनै आधार नै नभएको कथित् राई ! जातिको नाममा खुलेको एनजिओको हाहाहुहुमा नकुद्नु हुन फेरि लेखकद्धयसँग म हार्दिक अनुरोध गर्दछु ।
अन्तमा यो केहीनजान्ने कुलुङे ‘ढाक्रे’ले अमर मामा ज्यु र बलिराज ज्युको लेखको उपशीर्षक ‘केही मुलुकका संवत्हरु र तिनका महिनाहरु’ र ‘विश्वमा चलेका केही पूराना संवत्हरुको वर्तमान उमेर’ बाट साँच्चै नयाँ कुरोहरुको जानकारी पाएको छ । त्यसका लागि लेखकद्धयप्रति यो केहीनजान्ने कुलुङे ‘ढाक्रे’ पुनः हार्दिक कृतज्ञता प्रकट गर्छ !
E-mail :- ninamkirat123@gmail.com