Logo

सभापतिबाट देउबालाई अब बिदाई गर्ने महामन्त्री कोईरालाको उद्घोष


पोखरा — कांग्रेस महामन्त्री शशांक कोइरालाले सभापति शेरबहादुर देउवाको बिदाइ गर्नुपर्ने बेला आएको बताएका छन् ।शुक्रबार पोखरामा कांग्रेस नेता शुक्रराज शर्माको पुस्तक ‘कांग्रेसमा संकल्पित ५२ वर्ष’ को चर्चा परिचर्चा कार्यक्रममा कोइरालाले कांग्रेसमा एकता कायम हुन आवश्यक रहेको बताए ।

कर्‍याङकुरुङ चराको कथा सुनाउँदै कोइरालाले भने, ‘कर्‍याङकुरुङ चरा एकताबद्ध भएर ‘भी’ आकारमा उड्दा हावाको वेग ७५ प्रतिशत कम हुन्छ। त्यसैले आफ्नो गन्तव्यमा पुग्छन्। सबैभन्दा अगाडिको हाँसमा सतप्रतिशत वेग आएको हुन्छ। हाँस जब थाक्छ उ पछाडि पंक्तिमा जान्छ र अर्कोलाई ठाँउ दिन्छ। नेपाली कांग्रेसमा पनि अब परिवर्तनको समय आएको छ। सभापति ज्यूलाई हामीले बिदाइ गर्नुपर्छ।’
कांग्रेस एक भए सबै कम्युनिष्ट एक भएपनि हराउन नसक्ने कोइरालाले बताए। ‘जतिसुकै कम्युनिष्ट एक ठाउँ हुन्, हामी एकजुट भएमा कांग्रेसलाई कसैले हराउन सक्दैन,’ उनले भने, ‘कांग्रेसको विकल्प कांग्रेस नै हो।’

महामन्त्री कोइरालाले आफूलाई पदको कुनै लोभलालच नभएको बताए। सरकारमा रहेकामा रहेको दुई तिहाइको दम्भका कारण कुनै सपना पूरा गर्न नसकेको कोइरालाको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्