Logo

७९ वडा मध्ये हरेक क्रियाकलापमा वाप्लुखा २ अगाडी


– मान्सुङ चाम्लिङ

खोटाङ। भौगोलिक रुपमा पहाडी विकट जिल्ला मानिने खोटाङ, खोटाङ जिल्लाको पनि अति विकट तथा अपायक मानिने वडा मध्ये वाप्लुखा एक हो । यो वडा नं.२ वाप्लुखा खोटेहाङ गाउँपालीकामा पर्दछ । नेपालको बदलिंदो राजनीतिक परिस्थितिसँगै सिंहदरबारको अधिकार गाउँघरमा भन्ने नारालाई कार्यान्वयन गर्ने क्रममा यो वडा खोटाङ जिल्लाको ७९ मध्ये सबै भन्दा बढी क्रियाकलाप गरिरहेको वडामा पर्दछ ।

भर्खरै मात्र विभिन्न तालिमहरु, खेलकुद, सामाजिक अभियान लगायत सचेतनामूलक कार्यक्रम गर्न सफल भएको यस वडामा पुन खोटाङ घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा तथा बाल सेवा समाजको सहजीकरणमा यस वाप्लुखामा गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम सम्पन्न गरेको वडा अध्यक्ष दिपेन थुलुङ राईले बताए ।

सामान्य हिसाबमा गरिबहरुको अधिकार स्थापना गर्ने पार्टीको रुपमा नेकपा नै मानिन्छ । यसकारण हरेक विकासको हिसाबले पछाडी रहेको खोटाङ नेकपाको उर्वरभूमी मानिन्छ । त्यसको प्रत्यक्ष प्रभाव समेत वाप्लुखा वडामा परेको छ । जहाँ भर्खर सो वडाको सबै टोल कमिटीहरुको नेकपा टोल कमिटी गठन गरी जिल्ला पार्टी अध्यक्ष पृथ्वी किराती र जिल्ला समन्वय प्रखुअ बबि चाम्लिको उपस्थितमा सपथ ग्रहण गरिएको वडा अध्यक्ष तथा जिल्ला कमिटी सदस्य दिपेन राईले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्