Logo

लालकिल्ला स्थापित गर्न नेका कार्यकर्ता, नेकपामा प्रवेश गर्दै


मान्सुङ चाम्लिङ

खोटाङ । हलेसी तुवाचुङ नगरपालीकामा नेकपा टोल कमिटी गठन हुन बाँकी रहेको टोलहरुमा धमाधम टोल कमिटी गठन भइरहेको छ । नगरमा टोल कमिटी गठन गर्न बाँकी रहेको वडहरेको बुङदेलमा क. लाल बहादुर खत्रिको अध्यक्षता ३५, बोजेमा तुलसी कुमारी बुढाथोकीको अध्यक्षतामा २५ सदस्य कमिटी गठन भएको छ ।

सुक्खा क्षेत्र भएको हलेसी नपामा जनताको आर्थिक अवस्था नै कम्युनिष्ट भएको हुनाले नबुझेर, झुकिएर नेपाली कांग्रेस भएका नेपाली कांग्रेसका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । जसमा डम्बर बहादुर बिक, अमृत नेपाली बिर्ख बहादुर अधिकारी, सबिना बिक, सुब नेपाली र तेज बहादु बग्दास लगायतले नेका परित्याग गरि नेकपामा प्रवेश गरेको जिल्ला पार्टी सचिवालय सदस्य खडेन्द्र राईले बताए ।

 

न खडेरी, न झरी, न वर्षा, न हिउँद कुनै प्रवाह नगरी खोटाङ जिल्लामा नेकपा अभियान निरन्तर चलि नै रहेको सचिवालय सदस्य हस्त बहादुर राईले बताए ।

थप अन्य बाँकी रहेको टोलहरुमा पनि तिब्रताका साथ टोल कमिटीहरु गठन गर्दै अगाडी बढ्ने नेकपा वडा सचिव विनोद दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्