Logo

कुनै नयाँ नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग सल्लाह लिइयोस् : उपाध्यक्ष चन्द्रप्रसाद ढकाल


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सम्बन्धित कुनै नयाँ नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग सल्लाह र परामर्श गर्नुपर्ने बताएका छन् ।

उनले परामर्शमा कानुन बनाउँदा कार्यान्वयन गर्न पनि सहज हुने बताए । नेपालमा पछिल्लो राजनीतिक परिवर्तनपछि तीन तहको सरकार विद्यमान रहेको उल्लेख गर्दै ढकालले भने, ”यी तीनै तहका सरकारहरुले निजी क्षेत्रसँग सम्बन्धित नयाँ नीति नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग समन्वय गर्न सकिए यसले सरकार र निजी क्षेत्रबीचको साझेदारी थप बलियो हुनेछ, ।”

नेपाल निर्माण व्यावसायी महासंघको २१औं साधारण सभालाई शुक्रबार भक्तपुरमा सम्बोधन गर्दै उपाध्यक्ष ढकालले नेपालमा राजनीतिक परिवर्तनपछिको हालको समयमा सबै नेपालीले चाहेको विषय भनेको आर्थिक समृद्धि नै रहेको बताए । ”त्यसका लागि आवश्यक पहिलो खुड्किलो भनेको पूर्वाधार निर्माण हो,” ढकालले भने ।

उपाध्यक्ष ढकालले कार्यक्रमका प्रमुख अतिथि रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलको ध्यानाकर्षण गराउँदै भने, ”यस संघ नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघको एक सक्रिय सदस्यका हैसियतले म उपप्रधानमन्त्रीज्यूलाई यो आग्रह गर्न चाहन्छु कि काम थाल्नुअघिका जतिपनि प्रक्रियागत कुराहरु छन् ती सबै निर्माणमैत्री बनाउन राज्यको ध्यान पुगोस् ।”

उपाध्यक्ष ढकालले नेपालका निर्माण व्यवसायीहरुको व्यावसायिक हक हितको संरक्षण र संवर्द्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघ सधैं साथमा  रहने प्रतिबद्धता व्यक्त गरे ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्