Logo

बाक्सिला रावासेरोफेरो परिवार हङकङले बिरामी गणेश राईलाई सहयोग गर्‍यो (भिडियो सहित)


शान्ती नाछिरिङ

काठमाण्डौ-बाक्सिला रावासेरोफेरो परिवार हङकङबाट हङकङमा रहेका नेपालीहरुले बाक्सिलाको बिजुलिको पोल किचेका पिडितलाई नगद सहयोग पठाएका छन् । केपिलासगढी गाउपालीका बाक्सिलाका गणेश राईलाई हङकङमा रहेका नेपालीहरुले सहयोग पठाएका हुन् ।

यस कार्यक्रममा पृथ्बी उच्च माबी स्कूलका निबर्तमान प्र.अ. जितेन्द्र राज श्रेठ, पृथ्बी उच्च माबी स्कूलका बर्तमान प्र.अ. रण बहादुर राई, समाजसेबी तेज माया दुमी लगायत उपस्थित थिए । यस कार्यक्रम फलैचा होटल प्रा.लिमा भएको थियो भने कार्यक्रम सन्चालक समाजसेबी तथा बाक्सिला रावासेरोफेरो परिवार हङकङ सयोजक कमल राईले गरेका हुन ।

बाक्सिला खोटाङबाट आएका नेपालीहरुले बिजुलिको पोलाले किचेका पिडित गणेश राईकोको उपचारको लागि सहयोग स्वरुप नगद रु १ लाख ३८ हजार छ सय १५ रुपैया सहयोग पठाएका हुन् । हङकङमा सँकलन भएको सो रकम हङकङको तर्फबाट सयोजक समाजसेबी कमल राईले एक कार्यक्रम फलैचा होटल प्रा.लिमा गर्दै पिडितलाई हस्तान्तरण गरिएको । यस कार्यक्रममा बिशेष सहयोग फलैचा होटल प्रा.लिको प्रप्राईटरहरु उमेश दुमी र ईन्द्र साङपाङले गर्नु भएको छ ।

बिजुलिको काम गर्दा पोल खिचेर घाईते हुनु भएको राई केहि समयदेखी काठमाडौमा उपचाररत थिए । बिरामी राईले भने, ‘सबै सहयोग गर्नु हुनेलाई धन्याबाद !’ त्यस्तै गरि पृथ्बी उच्च माबी स्कूलका बर्तमान प्र .अ . रण बहादुर राई भने ‘यसरि बिशुद्द सहयोग गरेकोमा अत्यन्तै खुसी लागेको छ । तपाईहरुको कार्य प्रति सकारात्मक त्यसैले म पनि तपाईहरुको सहयोगलाई धन्याबाद दिन चाहान्छु ।’

पिडितको उपचारको लागि थोरै भएपनि सहयोग होस भन्ने भावना सहित हङकङमा रहेका बिशेष रुपमा सहकार्य समाजसेबी ईन्द्र सिंह राई, नन्द राई, योबिन राई, ध्रुब अधिकारी लगायतका नेपालीहरुले रकम जुटाएर बाक्सिला रावसेरोफेरो परिवार हङकङ परिवार मार्फत पठाएका हुन ।

बाक्सिला रावासेरोफेरो परिवार हङकङले जिल्लाको स्वास्थ्य, विपद, खेलकुद र शिक्षाको क्षेत्रमा पनि यसअघि हङकङ परिवारले विभिन्न क्षेत्रमा सेवा तथा सहयोग निरन्तर गर्दै आएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्