Logo

सार्वजनिक बसमा अश्लिल हर्कत युवक प्रहरीद्वारा सार्वजनिक (भिडियो सहित)


सार्वजनिक बसमा अश्लिल हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने रबिन सार्कीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गर्दै अपराधीलाई सार्वजनिक गरेको हो । तनहुँको साविक अरुणोदय गा.वि.स.१ भई चितवनको भरतपुर उपमहानगरपालिका विकास चोक बस्ने २१ वर्षीय सार्कीलाई प्रहरीले सोमबार चितवनबाट पक्राउ गरी महानगरीय प्रहरी हनुमानढोका टेकुलाई बुझाएको हो ।

२०७५ माघ ११ गते सार्वजनिक बसमा हस्थमैथुन गरेर एक युवतीको कपालमा वीर्य फालेको भिडियो ‘वुमन्स परियार नामको पेजबाट अपलोड गरेको सूचनाको आधारमा उनीमाथी निगरानी गरिएको थियो । सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियोमा अश्लील हर्कत गर्ने युवा र पीडित युवती दुवैको अनुहार देखिएको थिएन ।

अनुसन्धानका क्रममा उनी करिब ३ वर्ष अघिदेखि र काठमाण्डौंको बानेश्वरमा डेरा गरी बस्ने गरेका थिए । सामाजिक सञ्जालमा भिडियो पोष्ट भएपछि प्रहरीले समात्ने डरले भारत गएको खुल्न आएको छ । सन् २०१९ फेब्रुअरीमा भारत गएका उनी करिब ७ महिना उतै लुकीछिपी बसेका थिए। उनले पैसा कमाउन अश्लील भिडियो बनाएको प्रहरीले बताएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्