Logo

प्रहरी चौकी यथावत राख्न जनताको माग


– मान्सुङ चाम्लिङ

काठमाडौं-खोटाङ जिल्लाको दिप्रुङ गाउँपालीका वडा नं.५ छितापोखरीमा विस २०२१ सालमा स्थापना भएको प्रहरी चौकीले केही रुपमा भएता पनि जनताहरुको सुरक्षा र सहयोग मिलिरहेको वडा अध्यक्ष लोकेन्द्र राईले बताए ।

स्थापना भएको ५५ वर्ष वितिसकेर जनताहरुले राहत महशुष गरेता पनि हाल अन्यत्र सार्ने बुझिन आएको प्रति स्थानिय समूदायहरु, जनप्रतिनीधिहरु र राजनीतिक दलहरु रुष्ट बनेका छन् । स्थानीय समूदायहरुले राहत नै महशुष भइरहेको अवस्थामा अन्यत्र लैजाँदा प्रत्यक्ष जनताहरुले अन्याय परेका राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य विनोद राईले बताए ।

यस चौकीलाई यथावत राख्न खोटाङ जिल्लाका प्रतिनीधिसभा सदस्य मा. विशाल भट्टराई, नेकपा कार्यालय सदस्य कुमार आचार्य, सचिवलाय सदस्य सोनीया राई, वडा अध्यक्षज्यूहरु लोकन्द्र राई, मिलन राई, युवा नेताहरु सहितको टोली मा. गृहमन्त्री रामबहादुर थापा कहाँ डेलिगेसन गएका छन् । साथै मा. भट्टराईको सांसदको लेटरहेडमा निवेदन समेत पेस गरिएको युवा नेता विनोद राईले बताए ।

पालीकामा सुरक्षाको लागी सार्न लागिएको चौकी भन्ने तर्क आएता पनि भएको चौकीलाई यथावत राखेर थप चौकी ल्याउनु पर्ने वडा अध्यक्ष लोकेन्द्र राईले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्