Logo

दर्शन गुरुङको गोल निर्णायक बन्दा एनआरटीको जित (भिडियो सहित)


राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको न्यूरोड टिम (एनआरटी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित हासिल गरेको छ । दशरथ रंगशालामा सोमबार लिगको पूर्व विजेता नेपाल पुलिस क्लबलाई १–० ले स्तब्ध पार्दै एनआरटीले महत्वपूर्ण जित हासिल गरेको हो ।

दर्शन गुरुङको गोल निर्णायक बन्दा एनआरटीले ३ अंक जोडेको हो । दर्शनले ७६ औं मिनेटमा गोल गरेका थिए । राजेश परियारको पासमा दर्शनले पेनाल्टी बक्सको मध्यभागबाट गोल गरेका थिए ।  ६ खेलमा एनआरटीको यो तेस्रो जित हो । २ खेलमा हार बेहोरेको एनआरटीले १ खेलमा बराबरी गरेको थियो ।

टोलीको खातामा १० अंक पुगेपछि गत सिजन लिगको पुछारमा रहेका कारण टोलीको यो सिजनमा २ अंक घटाइएको छ । एनआरटीको ८ अंक छ भने पुलिसले यसअघि नै ८ अंक जोडेको थियो । जितपछि एनआरटी छैटौं स्थानमा उक्लेको छ भने पुलिस छैटौंबाट सातौं स्थानमा झरेको छ ।

पुलिसले भने छैटौं खेलमा आइपुग्दा दोस्रो हारको सामना गर्नुपरेको छ । यसअघि टोली रुस्लान थ्री स्टार क्लबसँग पराजित भएको थियो । लिगमा आजै हुने अर्को खेलमा च्यासल युथ क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

 

 

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्