Logo

पकिस्थानी पूर्वराष्ट्रपति मुशर्रफविरुद्धको मृत्युदण्डको सजाय रद्द


पाकिस्तानको एउटा अदालतले पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला उल्ट्याइदिएको छ।

कानुनी प्रक्रिया असंवैधानिक भएको भन्दै अदालतले फैसला उल्ट्याइदिएको हो।

मुशर्रफले आफूलाई देशद्रोहमा दोषी भन्दै त्यस्तो सजाय सुनाउने विशेष अदालतको गठनलाई गत डिसेम्बरमा चुनौती दिएका थिए।

“मुसर्रफ अब स्वतन्त्र मानिस”

सोमवार, लाहोर उच्च अदालतले निर्वासनमा रहेका मुशर्रफविरुद्धको सजाय उल्ट्याइदिएको हो।

सन् १९९९ मा भएको ‘कु’मा उनले सत्ता हत्याएका थिए र सन् २००१ देखि २००८ सम्म राष्ट्रपति बनेका थिए।

अदालतको आजको निर्णयको अर्थ अब जनरल मुशर्रफ “स्वतन्त्र मानिस” भएको एकजना अभियोजनकर्ताले बताएका छन्।

सुनुवाइ फेरि हुनसक्छ

यद्यपि बीबीसी उर्दूका अनुसार उक्त मुद्दाको सुनुवाइ अर्को अदालतमा पनि हुनसक्छ।

देशद्रोहको यो अभियोग सन् २०१३ यता चलिरहेको छ।

यो सन् २००७ मा मुशर्रफले गरेको संविधानको निलम्बनसँग जोडिन्छ जतिबेला उनले आफ्नो कार्यकाल लम्ब्याउने आशयले सङ्कटकाल घोषणा गरेका थिए।

मुशर्रफलाई पाकिस्तान छोड्न सन् २०१६ मा अनुमति दिइएको थियो र अहिले उनी दुबइमा छन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्