Logo

देउवा पार्टी र मुलुक चलाउने नेता होईन गुटमात्रै चलाउने नेता हो: शशांक कोइराला


27 Views

 

बिर्तामोड — कांग्रेस महामन्त्री शशांक कोइरालाले नेता कृष्णप्रसाद सिटौला समूहसँग सहकार्य गरेर पार्टीको १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्नबाट रोक्ने बताएका छन् ।

सोमबार झापाको बिर्तामोडमा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा महामन्त्री कोइरालाले महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्न रामचन्द्र पौडेल र सिटौला समूहबीच सहकार्य आवश्यक रहेको बताए। ‘देउवाजीसँग पार्टी र मुलुक चलाउने सपना छैन। उहाँ गुटमात्रै चलाउने नेता हो,’ कोइरालाले भने, ‘अहिलेसम्म गुट चलाएरै यहाँसम्म आइपुग्नुभयो। फेरि पनि गुट चलाउन उहाँलाई सभापति बनाउन सकिदैन।’

कोइरालाले आफू पनि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको बताए। ‘सभापतिको दौडमा म पनि छु,’ कोइरालाले भने। आफूसँगै रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशमान सिंह, रामशरण महत सभापतिमा आकांक्षी रहेको उनले बताए। यीमध्ये जसको नाममा सहमति जुट्छ, उसैलाई सभापति मानेर अगाडि बढ्ने गृहकार्यमा आफूहरु रहेको कोइरालाको भनाइ थियो।

कोइरालाले सभापति देउवासँग पुस ११ गते केन्द्रीय कार्यसमिति बैठकको बहुहमतबाट गरेका निर्णय सच्याउनुको विकल्प नरहेको बताए।

सूचना विद्येयकमार्फत सरकारले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप गर्न खोज्नु निन्दनीय रहेको कोइरालाले बताए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347