Logo

गोली प्रहार गरी बौद्धबाट हत्या अभियुक्त नियन्त्रणमा


काठमाडौँ — कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विष्णु लामालाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । लामालाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले आइतबार साँझ गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

प्रहरीमाथि आक्रमण गर्न खोजेपछि घुँडामुनी गोली प्रहार गरेर लामालाई बौद्धबाट नियन्त्रणमा लिइएकोमहानगरीयप्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले बताए। उनलाई वीर अस्पतालमा उपचारका लागि ल्याइएकोछ।

डीआईजी पोखरेलका अनुसार लामा विरुद्ध बौद्धमा ज्यान मार्ने उद्योग र सिन्धुपाल्चोकमा कर्तव्य ज्यान मुद्दा दर्ताछ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्