Logo

प्रदेशको राजधानी र नामङकण प्रकृयाले लोकतन्त्र लाई नै नाङ्गेझार पार्यो


काठमाण्डौ;  प्रदेश नं तिनको संघिय संसद द्वारा आज तीन नं प्रदेशको राजधानी र नामाङ्कन तोक्यो तीन नं प्रदेशको संसदले राजधानी काभ्रे र नाम बागमती तोकेको हो।
सत्तारुड दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले काभ्रे राजधानी र नेवा तामसालिङ नामाङ्कणको पक्षमा अधिकंश तीन नं प्रदेशको संसदहरु र सम्पुर्ण जनताको चाहाना भएपनी प्रमुख दुई दलको केन्द्रिय समितिले हस्तक्षेप गरि आफ्नो संसदलाई रुलिङ गरि केन्द्रीय समितिको निर्णय नमान्ने लाई पार्टी छोड्न भन्दै बाग्मती प्रदेश र हेटौंडा राजधानिको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो।
उक्त निर्णय जनचाहाना बिपरित भएको भन्दै पहिचान बादी पार्टिहरुले बिरोध गरेका छन भने सामाजिक सन्जाल भरी बिरोध भईरहेको छ।
संसद हरु लाई आफ्नो दास सरह आफ्नो जिम्मेवार र अधिकार बाट बन्चित मात्र गराएनन संघीय सम्रचना र संघिय कानुनको उल्लंघन गर्दै आफुलाई लोकतान्त्रिक भन्ने सत्तारुड नेकपा र कंग्रेसले लोकतन्त्र लाई नै नाङ्गेझार पारेको भन्दै बुद्धिजिबि हरुले सरकार र प्रतिपक्षीदलको यो हर्कतको निन्दा गरेका छन ।
सरकारी यी दुई ठुला दलले पृथ्वीनारायण साहाको जन्म जयन्तिको अवसरमा ह्विप जारी गर्दै पहिचान बिरोधी नामाङ्कण र बहुसंख्यक जनताको भावना बिपरित प्रदेश राजधानी तोकेर आदिबासी जनजाती हरुको पहिचान लाई नामेट गरि फेरि एकल जातीय र एकल नश्लिय राज्यसत्ता लाई पुनह स्थापित गरेको त होईन ?  भन्दै संकासमेत ब्याक्त गरेका छ्न।

नेकपा र कंग्रेसको आजको जनचाहाना र जनबिरोधी हर्कतले देश लाई अस्थिरता, द्वन्द र मुठभेट तिर धकेलेको र राष्ट्रलाई कम्जोर पारेको बिज्ञहरुको भनाई छ भने संसदिय ब्याबस्था भनेको खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भन्ने  लेनिनको  यो भनाई लाई एक पटक फेरि यो जनबिरोधी हर्कत हरुले सत्य साबित गरिदिएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्