Logo

रुस्लान थ्री स्टार फ्रेन्ड्ससँग हार्यो


उपाधि दाबेदारका रुपमा हेरिएको रुस्लान थ्री स्टार क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौ चरणमा अर्को ललितपुरे क्लब एनआइबिएल फ्रेन्ड्ससँग स्तब्ध भएको छ ।  दशरथ रंगशालामा आइतबार थ्री स्टारलाई १–० ले पराजित गर्दै फ्रेन्ड्सले लिगमा पहिलो जित जित दर्ता गराएको हो । लिगमा थ्री स्टारको भने यो दोस्रो हार हो । यो हारले अंक तालिकाको दोस्रो स्थानमा उक्लने मौका थ्री स्टारले गुमाएको छ ।

६ खेलमा टोलीको खातामा १० अंक छ । यसअघि टोली त्रिभुवन आर्मी क्लबसँग २–० ले निराश भएको थियो । ब्राजिलियन वेङ्गर डि काम्रोले १३ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो ।शीर्षस्थानको मछिन्द्रको ६ खेलबाट १३ अंक छ । १२ अंक जोडेको आर्मी र मनाङ दोस्रो र तेस्रो स्थानमा रहेको छ । ६ खेलमा फ्रेन्ड्सको ५ अंक पुगेको छ ।

आजै अर्को खेल सरस्वती र बीबीसीबीच खेल हुनेछ । सरस्वती लिगमा पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । लिगको छैटौ चरणको खेल जारी रहँदा सरस्वतीले कुनै अंक जोड्न सकेको छैन । रेलिगेसन क्षेत्र छोड्न सरस्वतीलाई निश्चित जित आवश्यक छ । बिबिसी राष्ट्रिय टोलीका पूर्व कप्तान कप्तान अनिल गुरुङको कप्तानीमा उत्रनेछ । बिबिसीको ६ अंक छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्