टोलटोलमा नेकपा अभियान जारी, साथमा दुई प्रमुखहरु

वाप्लुखा खोटाङ ।कम्युनिष्टको आधार क्षेत्र मानिने खोटाङ जिल्लामा अझ कम्युनिष्ट कार्यकर्ताहरु मजवुत बनाउन र कम्युनिष्ट पार्टीको वैचारिक खुराक प्रदान गर्न गाउँ र टोलहरुमा अभियान जारी नै रहेको छ । यसै क्रममा खोटेहाङ गाउँपालीका अन्र्तगत वाप्लुखा वडा नं.२ मा साविक ९ वटै वडाहरुको टोल कमिटी गठन गरी ९५ कमिटीका सदस्यहरुले सपथ ग्रहण लिएका छन् ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति प्रमुख (अध्यक्ष) तथा नेकपा पार्टी प्रदेश एक सदस्य बबि चाम्लिङ र विशेष अतिथिको रुपमा नेकपा जिल्ला पार्टी खोटाङका अध्यक्ष देवान किराती (पृथ्वी) दुई प्रमुखहरुको उपस्थिति रहेको नेकपा जिल्ला पार्टी सदस्य तथा वाप्लुखा जनप्रतिनीधि वडा अध्यक्ष दिपेन राईले बताउनु भयो ।
सबै टोलहरुबाट उपस्थित सबै सदस्यहरुलाई एकमुष्ट सपथ कार्यक्रममा अतिथिको रुपमा खोटेहाङ गाउँपालीका नेकपा अध्यक्ष राजन ढकाल लगायत स्थानिय नेताहरुको उपस्थिति रहेको थियो ।
सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमसँगै वडा पार्टी कार्यालय पनि सो अवसरमा उद्घाटन गरिएको राईले बताउनु भयो ।