निनाम हाङ राईको “मैना मैनी” गीतको म्यूजिक भिडियो सार्वजनिक
किराँती कला सँस्कृति झल्काउने निनाम हाङ राईको “मैना मैनी” गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । विशेष गरि पूर्वीय नेपालको किराँत राईहरुले उधौली र उभौली पर्वमा गाउँने साकेला गीत “मैना मैनी” गायक राईले बजारमा ल्याएको हो । यो गीतको भिडियोमा आम दर्शकले रुचाएका मोडल नग्मा श्रेष्ठ र गायक राई आफैको नै रोचक अभिनय रहेको छन् । निनाम हाङ राई र वविता किराँतीको दोहोरो स्वर लहरी रहेको गीतमा लोक प्रीय निर्देशक आशिक राईले निर्देशन गरेका छन् ।
अन्य कलाकारहरुमा सरिता राई र मनिषा राई रहेका छन् । उदयपुर जिल्लाको वडा नं ७ बेलका नगरपालिकाले किराँती लोक सँस्कृतीलाई चिनाउने उद्देश्यले यो गीतको संयोजन गरेको गायक राईले कलाखबरलाई बताए । पेशाले नेपाल प्रहरीमा आवद्ध रहेका राईले गीत संगीत सबै मनका दुःख पीडा विसाउने एउटा शीतल चौतारी भएकोले यो क्षेत्र पनि अंगालेको बताउनु भयो ।
गीतको म्यूजिक भिडियोमा एक युगल जोडी बीचको आपसी माया प्रेम समेत समेतिएको छ । यो भिडियोमा चौरीको पुच्छर हल्लाउदै र ढोल भmयाँम्टाको तालमा किराँती पहिरणमा ठाँटिएर साकेला सिली नाँच्दै पूर्वीय नेपालको रमनीय ठाँउ मैना मैनी घुम्न आउन आह्वान गरिएको छ । दिलिप राईको शब्द रचना र सन्तोष दुमी राईले सँगीत रहेको गीतलाई देवेश राईले एरेञ्ज गरेका हुन् ।
पूर्वीय नेपालको गाँउ वस्तिहरुमा नै कैद गरिएको भिडियोलाई सुरज खनालले छाँयाङ्क गरेका हुन भन् विकास धमलाले सम्पादन गरेका हुन् । यो गीतको भिडियोलाई ओ.एस. आर. डिजिटलको च्याँनलबाट सार्वजनिक गरिएको छ ।