Logo

प्रेस सेन्टर नेपालद्धारा काठमाडौंमा ‘पत्रकारिता तालिम तथा प्रदेश भेला’ गरिने, प्रेस स्वतन्त्रताका पक्षमा संघर्षको तयारी


गोविन्दराज नाथ

काठमाडौं । प्रेस सेन्टर नेपालले भोलि (शनिबार) काठमाडौंमा ‘पत्रकारिता तालिम तथा प्रदेश भेला’ कार्यक्रम गर्न लागेको छ । प्रेस सेन्टर नेपाल प्रदेश तीनको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम भोलि (शनिबार) बिहान ११ बाट शुरु हुने बताइएको छ । प्रेस सेन्टर नेपाल प्रदेश तीनका संयोजक सुमन वाङ्देलका अनुसार कार्यक्रममा विभिन्न मिडियामा रहेर काम गर्दै आएका पत्रकार प्रतिनिधि र अन्य मानिसहरुको समेत उपस्थिति हुनेछ ।

कार्यक्रम वानेश्वर स्थित रत्नराज्य स्कुलको हलमा हुने बताइएको छ । कार्यक्रममा विभिन्न संघ संगठनमा आवद्ध पत्रकारहरुको समेत आतिथ्यता रहने बताइएको छ । कार्यक्रमको उद्घाटन शत्र लगत्तै पहिलो चरणमा पत्रकारिता सम्बन्धी महत्वपूर्ण तालिम दिइने कार्यसूचि रहेको छ । त्यस्तै तालिम पश्चात कार्यक्रममा सहभागि पत्रकार, प्रतिनिधिहरु बीचबाट प्रदेश तीनमा प्रेस सेन्टर नेपालको संगठन निमार्ण, आगामि कार्यक्रम लगायत विविध विषयमा बन्दशत्रमा छलफल हुने बुझिएको छ ।

पछिल्लो चरणमा राज्यले पत्रकारहरुमाथि गिरफ्तारी गर्ने, त्राश फैलाउने, नियन्त्रण गर्ने खालका गतिविधि बढाएको प्रति कार्यक्रममा विरोध समेत गरिने भएको छ । आयोजकका अनुसार भेलामा प्रेस तथा अभिव्यक्तिm स्वतन्त्रताको पक्षमा कसरी देशव्यापी संघर्षको तयारी गर्ने विषयमा छलफल समेत हुनेछ । उक्त भेलाबाट संगठनमा नयाँ नेतृत्व चयन हुनुका साथैं सिंगो कमिटी समेत निर्वाचित हुने बुझिएको छ । प्रेस सेन्टर नेपालले उक्त कार्यक्रममा सहभागि हुनका लागि पत्रकार, विद्यार्थि, युवा, लेखक, बुद्धिजिवि लगायत सबैमा निमन्त्रणा समेत गरेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्