Logo

‘कमरेड ! माघ फेरि आउँछ’


इन्द्रकुमार श्रेष्ठ सरित्

आक्कलझुक्कल भेट भैरहन्छ राधाकृष्ण कमरेड र मेरो । मभन्दा उनी बढी व्यस्त भएकोले पनि हाम्रो बाक्लो भेटघमाट नजुरेको हुनसक्छ । राजनीति र समाजसेवामध्ये उनी के मा बढी भिजेका छन् भनेर कसै सोधेमा यसै हो भन्न सकिन्न तैपनि अपत्यारिलो ढङ्गले उनी पार्टीको केन्द्रीय समितिमा मनोनित भएपछि भने उनीसँगको मेरो भेटघाट पातलिएकै हो । त्यसभन्दा अघि वडा कमिटि, गाउँ कमिटि, नगर कमिटिसम्म हामीसँगै थियौं । बाहिर देख्दा नम्र र शिष्ट देनिे उसको वास्तविक सौन्दर्यको गहिराई मैले अहिलेसम्म बुभ्mन सकेको छैन । विशेषतः संसदको पछिल्लो चुनावमा हामी दुई जना धेरै हदसम्म सँगै खटेका थियौं । कुनै काम विशेषका लागि मेरै आवश्कयता परेभैंm बडो विनम्रतापूर्वक उक्त भूमिका निर्वाह गर्नका लागि मलाई उनीबाट आग्रह आउथ्यो । पार्टीको काम कुनै नाइनास्ती बिना मैले पनि गरेकै हुँ । त्यस्तो बेला उनी मसंग अझ बढी घनिष्ठ भएभैंm लाग्थ्यो मलाई । तर काम नपरेपछि उनको र मेरो भेटघाट नहुँदा मलाई शङ्का लाग्थ्यो, यो मान्छेले मलाई चिन्न त चिन्छ ?

हिजोआज ऊ सामाजिक सन्चालहरुमा पनि बाक्लै देखापर्न थालेको छ । तर लामो समय मेरो पे्रmन्डलिष्टम भएर पनि मप्रति ऊ उदासिन भएपछि मैले उसलाई पे्रmन्डलिष्टबाट हटाईदिएँ । तर जहिले र जतिबेला उसलाई देखे पनि मैले उसलाई धपेडीमै देख्छु । राजनीतिसँगै सामाजिक काममा पनि उसको अग्रसरता रहे तापनि भूमाफियाहरुसँग उसको हिमचिम र उठबसलाई लिएर पार्टीभित्र र बाहिर गाइगार्ईगुईगुई)हैन राम्रै हल्ला चलेको पनि हो । तर ऊ मौन बसिरह्योभने कसैले उसलाई हाकाहाकी सत्यतथ्य सोधिहाल्ने आँट पनि गरिहालेनन् । तर दिनदिनै आर्थिक रुपले ऊ मजबुत भएको कुरा कसैबाट लुकेको थिएन ।

चाहेर पनि नचाहेर पनि संंविधानसभाको चुनावमा हामी संगै खटेका थियौं । प्रचार, प्रसार, पम्प्लेटिङ, पोष्टरिङदेखि कार्यक्रम सन्चालनमा समेत मलाई अगाडि राखेर उनी पछाडि बसेका हुन्थे । नजानिंदो पाराले उनी मेरो कामको प्रशंसा गरेभैंm गर्थे तर मैले उनको कुरा एक कानले सुनेर अर्को कानले उडाई दिन्थें । किनभने उनको तहबाट भएको प्रशंसाले पार्टीमा म गम्किनुको कुनै अर्थ थिएन भन्ने मैले राम्रैंसंग बुझेको थिएँ । चुनावमा खट्दै र समीक्षा बैैठकहरुमा भाग लिएर आप्mनो धारणा राख्दै राधाकृष्ण लगायत नौ नम्बर क्षेत्रका अध्यक्ष सुवासिनी र र इन्चार्ज नर्वदेश्वरीसँग मेरो तीब्र वैचारिक असहमति भएकै हो । मैले दृढतापूर्वक आप्mनो कुरा राख्ने क्रममा पटक पटक भनेकै थिएँ— यस्तो जुम्सो पाराले पार्टीले कुनै हालतमा चुनाव जित्दैन । त्यसमा पनि क्षेत्र नम्बर नौमा त कुनै हालतमा जित्दैन भनेर । यता र उताका आप्mनै कार्यकर्ताहरुलाई सोहोरेर भीड देखाउदैमा चुनाव जितिदैन । चुनाव जित्नका लागि सम्पूर्ण मतदाताहरुलाई रिझाउन सक्नुपर्छ । प्रत्येक पतदाताहरुको घरदैलोमा पुग्न सक्नुपर्छ ।
तर मेरो तर्कमा उनीहरु पूर्णतः असहमतः भैरहे । चुनावी रणनीति र परिणामलाई लिएर मैले राखेको मेरो धारणा वैज्ञानिक नभएको भन्ने उनीहरुको तर्कलाई मैले ठाडै इन्कार गरिदिएँ । तर चुनावको परिणाम यथार्थमा के भयो त ? मैले राखेको धारणा, तर्क र मेरो बोली नै सत्य भयो । हाम्रो पार्टीको देशव्यापी पराजय र नौ नम्बर क्षेत्रको हाम्रो उम्मेदवारको लज्जास्पद हारपछि हाम्रा यी स्थानीय नेताहरु कुन दुलोमा पसे भनेर मैले चैं थाहा पाउन सकिन । उसलाई फोन गरे नि फोन उठ्दैन, उसलाई फोन गरे नि फोन उठ्दैन । हे अचम्म । यो के भएको हो ? स्थानीय साथीहरुसँग सोधीखोजी गर्दा पो बल्लबल्ल घोइरोघोइरो सुनियो, पाटीले चुनाव हारेपछि साथीहरु त डरले घरबारै छाडेर कुलेलम ठोकेका रहेछन् । ऐना अगाडि उभिएर मैले आपूmलाई नियालें, लुरे र दाउरे ज्यानको भए नि थातथलो नछाड्ने सूरवीर त मै पो रहेछु । हस्तामलक अगाडि उभिएको म, मेरो मनोभाव बुझेभैंm मेरै प्रतिविम्वले मलाई अाँखा झिम्क्याउछ ।

निर्वाचनमा पराजय भोगे तापनि म हाम्रा उम्मेदवारलाई भेट्न गएँ । उनी एक्लै धुम्धुम्ती बसिरहेका रहेछन् । हिजोका दिनमा – चुनाव त तपाईले नै जित्ने हो नि , कमरेड– भन्दै लाख दुईलाख कुम्ल्याउनेहरुको त्यहाँ नामनिशान थिएन । आपूmले जानेसम्मको र भन्न मिल्नेसम्मको सान्त्वनारुपी शव्द पोखेर म फर्किएँ । नेताजीको उदास मुहार देखेर मलाई पनि नमीठो अनुभूति भैरह्यो । वन्दूक समाउनु र खुल्ला राजनीति गर्नुको भिन्नता नेतृत्व पङ्ति र कार्यकर्ताहरुले खै कहिले बुभ्mलान् ?

बाक्लो दाल खाने मनसायले केही साथीहरुले पार्टी छाडेर हिँडे । नौ नम्बर क्षेत्रका अध्यक्ष र इञ्चार्जको जिम्मेवारी सम्हालिरहेका सुवासिनी र नर्वदेश्वरी सत्यालले पनि पार्टीबाट बहिर्गमन गरेपछि हैन हैनभन्दा भन्दै पनि पार्टीमा सानोतिनो रिक्तता र शून्यता त आएकै हो । किनभने घर छाड्ने जति जम्मै खराब र घर कुर्ने जति जम्मै सज्जन पनि त पक्कै हुँदैनन् । स्थानीय निकायको संरचनामा सरकारले गरेको परिवर्तनले पार्टीको जिम्मे्वारीमा फरक आउन पनि स्वाभाविक नै थियो । साथीहरुको महत्वांकांक्षा चुलिरहेको बेलामा पार्टीले केन्द्रीय सदस्य बनाउने अन्त्यहीन शृङ्खला सुरु गरेपछि त पार्टीहरुका वीचको एकीकरणको नाममा अचल र अटल भएर बसेका पार्टी कार्यकर्ताहरुमा खासै उर्जा र उत्साह बढ्ने वातावरण बन्न सकिरहेको थिएन । पार्टीभित्र त्यागी र योगदान भएका कार्यकर्ताहरुको भन्दा पनि पहुँचवालाहरुको बोलबाला तीब्र भइरहेको स्थितिलाई सबैले अनुभव र अनुभूति गरिरहेका थिए ।

दाई, आगामी चुनावमा शिवशंकर नगरपालिकाको मेयरमा मैले उठ्ने विचार गर्दैछु । तपाई के भन्नुहुन्छ ?‘ मोबाइलको म्यासेज बक्समा यसो हेरेको, राधाकृष्णको सन्देश रहेछ । मैले पनि तुरुन्तै जवाफ पठाएँ ।—‘ठीक छ, पार्टीले टिकट दिए पनि , नदिए पनि मेरो पूर्ण समर्थन तपाईलाई नै हुनेछ । भरिसक्ये पार्टीबाट टिकट प्राप्त गर्ने प्रयास गर्नुहोला । मेरो अग्रीम शुभकामना छ । ’

त्यसपछि राधाकृष्णसँग फोनवार्ता वा भेटवार्ता निकै कम भयोभन्दा पनि हुन्छ तर हामीे एउटै टोलमा बस्ने भएकोले आक्कलझुक्कल भेट त भैहाल्थ्यो । मलाई अचम्म लग्छ, यो मान्छे कसरी विद्यार्थी राजनीतबाट आयो होला ? वैचारिक धरातलमा रहेर ऊ कसैसँग तर्क गर्न अघि सर्दैन बरु मुढेबलको कुराभने निकै गह्रौं तरिकाले गर्ने गर्छ । उसको जनसम्पर्क पनि राम्रै छ । त्यसैले त भितर र इतर दुबैतिर ऊ परिचित र लोकप्रिय पनि छ । तर पनि ऊ मलाई कहीँ कतै असजिलो नै लाग्छ । किनभने वर्गीय हितगर्ने भावना बोकेर एकताबद्ध भएको उसमा पनि वर्गीय हितका लागि मरिमेट्ने जुझारुपन भने खासै देखिन्नथ्यो । बाक्लो दाल खान हिँडेकाहरुले मलाई पदीय प्रलोभन देखाएर निकै लोभ्याईरहेका थिए । धैर्यपूर्वक सोंचेर निर्णय गर्नुहोला कमरेड, हतार छैनभन्दै उनीहरुले मलाई जिल्लास्तरीय जनवर्गीय संगठनकको जिम्मेवारी दिने प्रलोभन दिइरहेका थिए । तर म त त्योभन्दा पनि उपल्लो जिम्मेवारीमै थिएँ । नभए तापनि मलाई थाहा थियो, म तिहुन चखुवा हैन भनेर ।

सामाजिक सञ्जालहरु मार्पmत् उनले मेयर बन्ने आप्mनो ईच्छा, आकांक्षा र महत्त्वाकांक्षा खूबै प्रकट गरिरहेका थिए । तर नौ नम्बर क्षेत्र अर्थात् शिवशंकर नगरपालिकालाई पार्टीले बिर्सेको हो कि भैंm गरिरहेको जियो । किनभने यो क्षेत्रका पुराना कार्यकर्ताहरुलाई पार्टीको उपस्थिति नभएको बोध भएको धेरै भैसकेको यिो । त्यसमाथि पार्टी प्रवेश गर्ने नवप्रवेशीहरु मध्ये एकलाई शिवशंकर नगरपालिकाको संयोजक बनाइदिएपछि कार्यकर्ताहरु दुई भागमा विभाजीत भएको अवस्था थियो । नयाँ नेतृत्व मन पराउने र पुरानो नेतृत्व मन पराउनेहरुका बीचमा ध्रुवीकरण भएपछि पार्टीभित्रको गुटबन्दी नरुचाउने कार्यकताहरु तटस्थ रहनुको विकल्प थिएन । तर दुवै पक्षको छुट्टाछुट्टै भेलाको खबर बाहिर आएर छताछुल्ल नभएको पनि हैन । संस्थापन पक्ष र नवप्रवेशीहरु वीचको अन्र्तसंघर्षले पार्टी दिन दिनै कमजोर हुनुको परिणाम अर्को के हुनसक्थ्यो र ?
बीस बर्षपछि हुन लागेको स्थानीय निकायको चुनाव हुन्छ– हुँदैन, कुनै यकिन थिएन । चुनावको बारेमा एउटा ठोस निर्णय गर्न नसकेर सरकारले पटक पटक बोली फेरेर नौटंकी देखाइरहेको थियो । सातवटा प्रदेशको चुनाव एकैचोटि गर्छु भन्ने आँट सरकारसँग कहिल्यै भएन मात्र झालेमाले कुरा गरेर जनताको आँखामा छारकाप्रो हालिरह्यो । दुईचार जना मधेशका अगुवाहरुको माग प्रदेशको सिमांकन विवाद र वहसमा सरकार यता न उताको भएर हल्लिरहेको थियो । मधेशका अगुवा भनाउदाहरुले हैन बरु मधेशका जनताले के चाहन्छन् भनेर उसले बुभ्mने प्रयास नै गरेनभन्दा पनि हुन्छ । आप्mनो अडान भनेको फिटिक्कै नभएको लम्पसारवादको निर्वश्त्र नमूना बनेर जग हसाईरहेको सरकारलार्इ विश्वले मज्जासँग हेरिरहेको थियो । सरकार आपैmमा शक्ति,सत्ता र स्वाभिमान हो कि रिमोटबाट चल्ने गोटीमात्र होभनेर निक्र्यौल गर्न नेपाली जनतालाई हम्मे हम्मे परिरहेको बेलामा सरकारले स्थानीय निकायको चुनाव दुई चरणमा गर्ने घोषणा ग¥यो । पहिलो चरणको चुनावमा तीन नम्बरको प्रदेश आपैmमा राजधानी पनि भएको हुँदा सबैको ध्यान यतै जानु स्वाभाविकै थियो ।

बाँच्नुमात्र पर्ने रहेछ धेरै कुरा देख्न पाइन्छ भन्ने बुढापाकाको उखान एउटा युगपछि भएको स्थानीय चुनावमा देख्न पनि पाइयो र सुन्न पनि पाइयो । बाघ र बाख्राले एउटै कुवाको पानी पिएको यिनै आँखाले देखियो पनि । टाउकाकाो मोल तोक्ने र तोकिनेको आन्द्रै गाँसिएको निर्णय सुनियोमात्रै हैन व्यवहारमा प्रत्यक्ष देखियो पनि । हो बाबै हो, बुढापाकाले भनेकै सत्य रहेछ, बाँच्नुमात्र पर्ने रहेछ, नचिताएको कुरो देखिने रहेछ, नसोचेको कुरो पनि हुने रहेछ । रामपुर नगरपालिका नेपालमै विश्वप्रशिद्ध भएको देख्न र सुन्न पाइयो । उखानै फेर्न पर्लाजस्तो भयो, कहीँ नभएको जात्रा हाँडी गाउँमा हैन रामपुर नगरपालिकामा भन्नुपर्ने भयो ।

पुराना कार्यकर्ता कमरेड राधाकृष्ण र नवप्रवेशी जव्वरसिंह बीचको टक्करमा शिवशंकर नगरपालिकाको मेयरको टिकट पार्टीबाट जव्वरसिंहले फुत्काएभने बीसौंबर्ष पार्टीको नाममा बम, बन्दूक र झोला बोक्ने राधाकृष्ण वडाध्यक्षको टिकटमा टाक्सिए ।

राधाकृष्ण र मेरो भेट हुँदा उनको मुहारमा नूर थिएन,तेज थिएन बरु नचाहिंदो भारी करले बोक्नु परको दिक्दारीको भाव भने उनको मुहारमा देखें । तर मेरो देखाई ठीक बेठीक कसो हो भनेर मैले उनलाई सोधिन । सोध्नु उपयुक्त पनि ठानिन ।

दाई, तपाईको साथ र सहयोगको मैले पूर्ण अपेक्षा गरें । मजदूर फाँटका साथीहरुको जिम्मा तपाईको है, दाई । ’—उनको अपेक्षामा मैले विश्वासरुपी दहे हात मिलाएँ । प्रचार प्रसारका लागि अत्यन्त छोटो समय भए तापनि उनी र म मिलेर धेरै मतदातासमक्ष पुग्यौं । पर्चा, पम्प्लेटिङ्ग,पोष्टरिङ्ग र कन्भिन्सिङ्गमा हामीले कुनै कसर बाँकी राखेनौ ।

‘राधाकृष्ण कमरेड, पार्टीर्लेे चुनाव लडनका लागि खर्चवर्चको नाममा दशबीस लाख त दे’को होला नि ।’—मैले राधाकृष्णलाई नियाल्दै भनें—‘अलिलि खर्च गर्दा मत हाम्रो पक्षमा हुन्छभने लोभ गर्नु चैं हुन्न है, कमरेड । मौकामा हिरा पनि फोर्नुपर्छ ।’

हैट,गुणराज कमरेड के भन्नु भा’ यस्तो ? पार्टीले सुको मोहर द्या छैन । जे गर्ने हो आपैmले गर्ने हो ।’–राधाकृष्णले साउतीको शैलीमा भने ।–‘पार्टीले त कार्यालय र कार्यकर्तालाई समेत राम्रोसँग परिचालन गरिदिएको छैन । पैसा र सहयोगको के कुरा, कमरेड ।’
‘त्यस्तो हो र, राधाकृष्ण कमरेड ?’
‘हो नि, कमरेड ।’
चुनावका लागि गर्नेैपर्ने मिहिनेतमा राधाकृष्णले कुनै काम कुरा बाँकी राखे होलान् भन्ने मलाई लाग्दैन । उनको चाहना बमोजिम म पनि उनकै लागि अहोरात्र खटिएकै हुँ । तर मेरो खटाई पार्टीको आदेशले हैन, राधाकृष्णको अनुरोध र चाहनाले मात्र थियो । पार्टीको यो मौनता, यो उदासीले मलाई चिमोटिरहेको थियो— ल, मलाई त पार्टीले पुछनी गरेन रे । चुनावमा यसरी खट्नु प¥यो, उसरी खट्नु प¥यो भनेन रे । कुनै जिम्मेवारीका लागि मलाई योग्य नै देखेन रे । तर पार्टीको आधिकारिक उम्मेदवार राधाकृष्णलाई त ज्यानको बाजी लाएर भए पनि सुनिश्चित जीतका लागि सघाउनुपर्ने । तर राधाकृष्णलाई सघाउन पार्टीको तर्पmबाट एउटै कार्यकर्ता अघि सरेको देख्दिन । कतै पार्टीका सबै कार्यकर्ताहरुलाई एकैचोटि झाडापखाला त लागेन ? सप्पैजना सरुवा रोगको सिकार भएर एकैचोटि अस्पताल भर्ना त भएनन् ? दश दश बर्ष जनयुद्ध लडेको पार्टी, देश र जनताको हितका लागि राजनीति गर्ने पार्टी । दशौं हजार जनताका छोराछोरीको वलिदानले खुल्ला राजनीतको यो मोडसम्म आइपुगेको पार्टीको यस्तो रवैया किन त ? कुरोको चुरो बुभ्mन अब बाँकी नै के रह्यो र ? अचानक मलाई एक्लै खिलखिलाएर हाँस्न मन लाग्यो । तर विचरा राधाकृष्णले सुन्लान् कि भनेर फुत्किन खोज्ने हाँसोलाई मैले बलैले रोकें ।

मतदान सकियो । यो राजधानी हो । त्यसैले समाचार बन्नुपर्ने समाचार यहाँ समाचार बन्दैनन् । समाचार बन्नुनपर्ने समाचार यहाँ मुख्य समाचार बन्छन् । मतगणना सुरु भयो । मतगणनास्थल रमाइलो मेलामा परिणत भएको छ । भटाभट नतिजाहरु प्राप्त हुन थाले । सभागृ आकर्षणको केन्द्रविन्दू बनेको छ । आँखामा पाँच दिनको निद्रा छ । शरीरमा पाच दिनकै थकान छ । तैपनि आपूmलाई वास्ता नगर्ने पार्टी र त्यही पार्टीको आधिकारिक उम्मेदवारको विजय होस् भन्ने कामनासहित मतगणनामा सरिक तन मन द्विविधामै छ । बेलाबेलामा हेर्छु, राधाकृष्णलाई । उनको मुहारमा अँध्यारो उज्यालो के छाएको हो, यसै भन्न सक्दिन । मतपरिणामले संकेत गरे अनुसार तीन नम्बर प्रदेशमै पार्टीको स्थान तेश्रोभन्दा माथि जालाजस्तो छैन । राधाकृष्णलाई सोध्न मन भएर पनि मैले सोध्न सकिन, कमरेड, चुनावको परिणामकाबारेमा तपाईको मनले के भन्छ ?

थुक्क । मैले एक अँगालो रिस, निराशा र छटपटी प्mयात्त थुकिदिएँ । केही बोल्न सकिन राधाकृष्णसँग । ऊ पनि केही बोल्न सकेन । ऊ स्तव्ध उभिरह्यो । उसका आँखा विश्वस्त हुन सकिरहेका थिएनन् । मेरो मनमा राधाकृष्णप्रति सहानुभूति र दयाभन्दा पनि स्नेह भुल्केर आयो । मैले उसलाई दहेगरी अँगालो हालेर सभागृह बाहिर ल्याएँ । आकाशलाई हेर्दा पानी पर्लापर्लाभैंm भइरहेको थियो । भीड छिचोलेर मैले राधाकृष्ण्लाई उनको परिवारको जिम्मा लगाएँ ।

तीन दिन बित्यो, चुनावको परिणाम आएको । तर राधाकृष्णले एक कल फोन गरेको छैन । के काम सकिनेबित्तिकै उसले कामलाग्ने मान्छे पनि बिर्सिएको होला त ?आः मलाई पनि के खाँचो, उसलाई कल गरेर पैसा र समय बर्बाद गर्न ? यता आपूmलाई देशकै पुरानो बामपन्थी पार्टीले आप्mनो पार्टीमा बोलाउन छाडेको छैन । तर मलाई नजाने गाउँको बाटो किन सोधिरहनु प¥यो र ? कतै राधाकृष्णले पो पार्टी परिवर्तन गर्छ कि ? आः के गथ्र्थो उसले पार्टी परिवर्तन, त्यत्रो जनयुद्ध लडेर आएको मान्छे । विचारको खेती गरेर समाज परिवर्तन गर्न दश दश बर्ष जनयुद्ध लडेको ऊ त महान मान्छे हो नि । अचानक मेरो मोबाइल फोनमा उसको नम्बर पिलिकपिलिक गर्दै डिस्प्ले हुन थाल्यो । ऊ निकै निराश र हतास भएको रहेछ । उसको कुरा सुन्दा यस्तै लाग्यो ।

‘चिन्ता नगर्नुस्, कमरेड । हारपछि नै जीत हुन्छ । यो तपाईको मात्रै हैन पुरै पार्टीको हार हो । हैसियत र कुनै योगदान नहुनेहरुलाई पार्टीले काँधमा बोकेको परिणाम हो । तर यसबाट निराश र हतास हुनुपर्ने केही छैन । हारे पनि र जिते पनि विचारबाट निर्देशित भएर हामीले काम गर्ने भनेको देश र जनताकै लागि हो । यो हारको बारेमा र उम्मेदवारहरुका बारेमा पार्टीले गम्भीरतापूर्वक समीक्षा गर्ला नै । फेरि पाँच बर्ष मिहिनेत गरौंला, जनताको माझमा जाऔंला, काम गरौंला । एउटा माघले जाडो जादैन भन्छन्, कमरेड । त्यसैले जिन्दगीमा पारिलो घाम लिएर थुपै्र माघ आउछन् नै ।’

मोबाइल राखेर यसो घर बाहिर हेर्छु त राधाकृष्ण मेरो घरको अगाडि नै आइसकेका रहेछन् ।
‘गुणराज कमरेड, । आउनुस्, समीक्षा बैठकमा जान ढिलो भयो । ’—उनले मेरो हात समातेरै मलाई आपूmसँगै समीक्षा बैठकतिर डो¥याए । बैठकस्थलमा पुगेपछि मैले गेटबाटै उनीसँग विदा मागेर म घर फर्किएँ । बैठकमा जान उनले मलाई निकै कर नगरेका हैनन् । तर नबोलाएको ठाउँमा मलाई जान मनै लागेन ।
त्यसपछिका दिनहरुमा निकै लामो समय म र राधाकृष्णका वीचमा भेटघाट भएन । म पार्टीको खासै जिम्मेवारीमा थिइन भने उनी पार्टीका जिम्मेवार कार्यकर्ता । काम नपरी हाम्रो भेटघाट नहुनु पनि स्वाभाविकै हो । उनले मलाई खोजेनन्, म आप्mनै सुसेधन्दामा लागिरहें । मैले गाडीलाई ठोकठाक, पीटपाट र रंगरोगन नगरी हातमुख जोरिन्न । राधाकृष्ण कमरेडलाई त पक्कै पार्टीले राम्रै जिम्मेवारी दियो होला । राधाकृष्णजत्तिको कार्यकर्तालाई पनि पार्टीले उचित जिम्मेवारी दिएर संरक्षण गर्न सकेनभने पार्टी त पाटी हुन के बेर ? टिकट दिएर पनि चुनावमा पार्टीले बेवास्तागर्दा समेत राधाकृष्णको मनमा पार्टीप्रति बेवास्ता वा कुनै गुनासो रहेको मैले थाहा पाइन । वैचारिक रुपले दृढ र स्पष्ट यस्ता कार्यकर्तालाई त पार्टीलाई नै चाहिने हो नि ।
दशैंको चहलपहलमा गाडीहरुलाई ठोकठाकगर्ने कामबाट मभने केही फुर्सदमै थिएँ । निकै समयपछि फेसबुक खोलेर लाइक र कमेन्टको बर्षात् गराएँ । अहो ! राधाकृष्ण कमरेडले के विधि फोटो अपलोड गरेका रहेछन् । स्टाटस पनि त्यही अनुरुपका रहेछन् । माला लाएको एउटा फोटो माथिको स्टाटस पढेंर्—जुन पार्टीमा बसेर पनि राजनीति नै गर्नु हो, देश र जनताको सेवा नै गर्नु होभने मलाई बेवास्तागर्ने र घात गर्ने पार्टीमा बसेर के काम भनेर म त देशकै पुरानो वामपन्थी पार्टीमा प्रवेश गरें ।’

हातमा मोबाइल फोन लिएर म टोलाईरहें । ट्यांकी भरिएर घरै भिजाउने गरी छलललल पोखिइरहेको पानीको एकोहोरो आवाजले पनि कमरेड राधाकृष्णको माला लगाएको फोटो र उनको स्टाटसमाथिको मेरो निर्मिनेश दृष्टिलाई भंग गराउन सकिरहेको थिएन ।

तरहरा(सुन्सरी), हालः काठमाडौं

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!