-शान्ती नाछिरिङ

काठामाण्डौ -बुढानीलकण्ठ साहित्य समाजले विशेष कवि गोष्ठी तथा विमर्श कार्यक्रम सहित समाजका अध्यक्ष बलदेव महतद्वारा लिखित हास्यव्यड़्ग्य संग्रह ‘माछो माछो भ्यागुतोु’को बिमोचन गरेर कृतिमाथि विमशॅ समेत गरिएको थियो । बुढानीलकण्ठ साहित्य समाज संस्थाको स्थापनाको छोटो समयमै दोस्रो कार्यक्रम बुढानिलकण्ठ नगरपालिका वाड नम्ब र ९ को कार्यलयमा भब्य र सभ्य गर्न सफल भएको छ ।

वरिष्ठ कथाकार हरिहर खनालको प्रमुख आतिथ्यता र साहित्यकार सुशीला प्रधानांगको विशेष आतिथ्यतामा सम्पन्न भएको उक्त कायॅक्रम समाजका अध्यक्ष बलदेव महतको सभाध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन वरिष्ठ कथाकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’ गरेका हुन ।  करीब डेढ़ दर्जन स्रष्टाहरुले कविता वाचन गर्दै कार्यक्रममा समाजका अध्यक्ष बलदेव महतद्वारा लिखित हास्यव्यड़्ग्य संग्रह ‘माछो माछो भ्यागुतोु’को घुम्टीखोली गरेर कृतिमाथि विमर्श समेत गरिएको थियो ।

यस कार्यक्रममा कविता वाचनगनेॅ कविहरुमा राजन न्यौपाने, विजयध्वज थापा, रामेश्वर राउत मातृदास, थरेन्द्र बराल, हरिभक्त सिग्देल, सुशीला प्रधानांग, मिशन अधिकारी, युवराज मैनाली, रामचन्द्र दाहाल, शिवनाथ अधिकारी, अनुज श्रेष्ठ पृथक लगायत थिए भने कृति विमर्शको क्रममा डा. शैलजा पोखरेल र क्षितिज भण्डारीले आआफ्नो धारणा राखेका थिए । डा. शैलजा पोखरेल भन्छिन, ‘मौलिक नेपालीको झरो र सरल शब्दबाट बनेको यस उत्कृष्ट कृती हो ।’

कार्यक्रमलाई सम्बोधनगनेॅ क्रममा बुढानीलकण्ठ नगरपालिकाका उपमेयर रमादेवी राईले समाजको साहित्यप्रेम र सकृयताको प्रशंसागदैॅ अब नगरपालिकाभित्र एउटा साहित्य एकेडेमी नै खोल्नेतफॅ अग्रसर हुन पनि सुझाव दिएकी थिइन् । उप मेयर राई भन्छिन, ‘नगरपालिकको सहकार्यमा साहित्य एकेडिमिको लागी यस सस्थाको बिशेष पहल गर्नुस, हामी सहयोग गर्छौ ।’

कार्यक्रममा सृष्टि क्षेत्री र लोकप्रिय युवागायक कौशलराज खड्काले गीत प्रस्तुत गरेर कविगोष्ठीलाई संगीतमय बनाएका थिए । सुमित्रा पाण्डे त्रिपाठीले स्वागत मन्तव्य राखेकी थिइनभने कृष्णकुमार बोहोराले संस्थाको परिकल्पना, उद्धेश्य र काममाथि प्रकाश पारेका थिए । वाचित कविताहरुमाथि प्रेस काउन्सिलका सदस्य तथा पत्रकार चेतनाथ धमलाले खरो र स्पष्ट टिप्पणी गरेका थिए ।

बिभिन्न बिधाको ब्यकित्वहरु, साहित्यकारहरु,साहित्यप्रेमि, समासेबी तथा पत्रकार उपस्थी थिए । प्रमुख अथिती हरिहर खनाल र बिषेश अतिथी सुशीला प्रधानांगलाई सस्थाको अध्यक्ष महतको हातबाट मायाको चिनो समेत प्रदान गरेका थिए ।