Logo

“सिमानामा हाम्रो भुमी मिच्न नखोज” गित बाटै गितकार गदालले दिए भारतलाई कडा चेतावनी

मुन्धुमस्टार  – “दिन ढल्यो अँधेरी रातमा, यो मन जल्यो निष्ठुरिको यादमा” कुन शहरमा घुम्दै होला मलाई छुने मन, जस्ता चर्चा र लोकप्रीयताको सिखरमा पुग्न सफल यशोधा पराजुलि, लेखु बिबस जस्ता उत्कृष्ट गायक गायिका हरुको सुमधुर आवाजमा सजिएका यी कालजयी अनि सदाबहार गितहरु  गुन्जिनु बितिक्कै जो कोहिको मस्तिस्कमा गितकार ज्ञानेन्द्र गदालको नाम नआउने कुरै भएन, ज्ञानेन्द्र गदाल भन्ने बितिक्कै शक्तिशाली गितको श्रोतको रुपमा आम संङ्गितप्रेमी मनहरुले सम्झन्छन र सधैँ वहाँको गितहरु सुन्न लालायित र आत्तुर हुन्छन सयौं कर्णप्रीय तथा लोकप्रीय कालजयी गितहरु लेखेर नेपाली गित संङ्गित लाई गितकारिताको माध्यम बाट योग्दान पुर्याएर नेपाली गित सङ्गीत क्षेत्रमा आफ्नो बिशिष्ठ परिचय स्थापित गरिसक्नु भएको गितकार गदाल बीस बर्षदेखी अमेरिकाको कोलोराडोमा रहदै आउनु भएको छ।

बिबस्ता र बाध्यताले बिदेसिनु परेपनी आफ्नो देश र आफ्नो माटोलाई दुख्दा आफ्नो सार्बभौमिक सत्ता र राष्ट्रिय अखण्डता माथी अफ्ठेरो पर्दा बाहिरी दुष्मन हरुले दिन दहाडै आफ्नो देशमा लुटपाट मच्चाई रहँदा जो कोहिलाई पनि असहिय पीडा र आक्रोश एकैचोटी जन्मनु स्वाभाबिक हो त्यसैले त गितकार गदाल नालायक छिमेकी भारतको घिनलाग्दो बिस्तारबादी हर्कत प्रती अमेरिका बाट सगरमाथा जत्तिकै अग्लो आफ्नो त्यो कलमको टुप्पोमा निर्भिकताका साथ उभिएर चेतनाको रातो मसि ओकाल्दै  “सिमानामा हाम्रो भुमी मिच्न नखोज, छिमेकी लाई जथाभाबी थिच्न नखोज भन्दै खबरदारिको औंला उठाउँछन।

गितकार – ज्ञानेन्द्र गदाल
सङ्गीत    – चेतन साप्कोटा
स्वर       – यम बराल, रिता गुराँगाई
एरेन्ज    –  दिनेश राज भदक
बाँकी कलाकारहरु र गित तल भिडियोमा…

 

 

 

प्रतिक्रिया दिनुहोस्