Logo

‘सिआईए र रअका एजेन्टलाई ठीक नपारी हुँदैन, कानुन ल्याउनै पर्छ’- रामनारायण विडारी (भिडियो सहित)


काठमाडौं : राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले नेपाल विशेष सेवा विधेयक २०७६ सिआइए र रअ का एजेण्टहरुलाई कारवाही गर्न ल्याइएको बताएका छन्।

राष्ट्रियसभामा पेश भएको विधेयकमाथिको छलफलका क्रममा उनले नेपालको आन्तरिक मामिलामा रअ र सिआइएका एजेण्टहरुले हस्तक्षेप गरेकाले उनीहरुको खोजी गरी कारवाही गर्न विधेयक ल्याएएको बताए।

‘इन्टेलिजेन्स हो यसको मुख्य काम। अमेरिकाको सीआईए कुन कानुनले चल्छ। नेपाल आएर काम गरिरहेका छन्। त्यसको तलब भत्ता यहाँका बेइमानहरुले खाएका छन्। त्यो नेपालले थाहा पाउनुपर्यो की नाई? त्यसले टेलिफोनमा कहाँ कुरा गर्छ सुन्नु पर्‍यो की नाई?’

उनले भने, ‘हैरान पारेको छ ‘रअ’ले नेपालमा। आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ। त्यसको एजेण्टको को हुन? खोजी खोजी कारवाही गर्ने भनेको छ।  यो ऐनमा लेखेको छ। त्यसलााई कारवाही गर्ने किन नगर्ने? गर्न लाग्यो खवरदार त्यसर्ला गर्न लाग्यो भन्न मिल्छ?’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्