किन कांग्रेसकाे पदाधिकारीकाे बैठक बस्दै छ ?

प्रमुख बिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेद्वारको नाम टुंगो लगाउ पदाधिकारीकाे बैठक बस्दै छ।
राष्ट्रियसभामा पठाउने उम्मेदवार चयन गर्न पार्टी केन्द्रीय मुख्यालय सानेपामा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकले उम्मेद्वार चयनको जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको थियाे । साेही अनुसार आज पदाधिकारी बैठक बस्न लागेकाे हाे।
हिजाेकाे बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भने सहभागिता थिएन। पुस ११ गतेको केन्द्रीय समितिको बैठकको निर्णयप्रति असहमति जनाउँदै पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको छ। तर हिजाेकाे बैठकमा उपस्थित नभए पनि पौडेल समूहसंगको छलफलपछि पदाधिकारीलाई जिम्मा दिने निर्णय गरिएको जनाइएकाे छ।
राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेलाई तय गरिएको छ।