Logo

चितवन प्रहरी प्रमुख एसपी मल्ललाई १२ घण्टाभित्र चितवन छाड्न निर्देशन


 १७ पुष १७-२०७६
काठमाडौं : चितवनका प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको छ। सरुवा भएको ठाउँमा नगएपछि एसपी मल्ललाई बुधबार साँझ प्रदेश प्रहरीे कार्यालय हेटौंडाले १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको हो।

प्रहरी कार्यालय हेटौंडाले पठाएको पत्रमा भनिएको छ ‘हालसम्म पनि सरुवा भएको दरवन्दीमा रवाना गरेको जानकारी नआएकाले प्रनाउलाई कार्यालयको सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको रवाना गरी जानकारी दिन निर्देशानुसार अनुरोध।’मल्लसहित २४ एसपीको पुस ४ गते सरुवा भएको थियो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मल्लको सरुवा भएको थियो।

एसपी मल्ल यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा प्रमुख थिए। मल्लले राजनीतिक संरक्षणको आडमा माथिल्लो तहको निर्देशन यसअघि पनि पटकपटक उपेक्षा गर्दै आएका छन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्