साँस्कृतिक संस्थानको अध्यक्षमा अधिकारी, महाप्रबन्धकमा राई

सरकारले साँस्कृतिक संस्थानको अध्यक्ष र महाप्रबन्धक नियुक्त गरेको छ।
गत पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले संस्थानको अध्यक्षमा तेह्रथुमका प्रेमनाथ अधिकारी र रिक्त महाप्रबन्धक पदमा ताप्लेजुङका अशोककुमार राईलाई नियुक्त गरेको हो।
सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले उनीहरूलाई चार वर्षका लागि नियुक्त गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।