Logo

त्रिभुवन आर्मीले रुस्लान थ्री स्टारलाई पराजित गर्‍यो (भिडियो सहित)


 

त्रिभुवन आर्मी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार रुस्लान थ्री स्टारलाई २-० ले पराजित गरेको छ ।

 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठले र सन्तोष तामाङले दोस्रो हाफमा उत्कृष्ट गोल गरे । यससँगै थ्री स्टारले लिगमा पहिलो हार बेहोरेको छ । आर्मी भने लिगमा तेस्रो जितसँगै ९ अंक जोड्न सफल रह्यो । थ्री स्टारको ४ खेलमा २ जित, १ बराबरी र १ हारसहित ७ अंक नै रहेको छ ।

खेलकाे पहिलाे मिनेटमा नै नवयुगकाे पासमा कप्तान भरत खवासकाे प्रहार गाेलरक्षक प्रिसाेले सहजै बचाउ गरे । १२ औं मिनेटमा थ्री स्टारका हम्जातकाे प्रहार डिफेन्डरले क्लियर गरिदिए । १७ औं मिनेटमा सन्ताेषकाे प्रहार बाहिरिदा आर्मीले खेलमा अग्रता लपनबाट चुक्याे । १८औं जर्जप्रिन्स कार्कीकाे प्रहार अाकासियाे ।

 

१९औं मिनेटमा नवयुगले गाेलरक्षकलाई बिट गर्दै गरेकाे प्रहार गाेल लाईनबाट करण राउतले बचाए । त्यसपछि २० औं मिनेटमा भरतकाे प्रहार थ्री स्टारका गाेलरक्षक प्रिसाेले पञ्च गर्दै बचाए । २१ औं मिनेटमा थ्री स्टारका हम्जातकाे प्रहार जर्जप्रिन्सले क्लियर गरिदिए । २४ औं मिनेटमा सुशील राईकाे कर्नरमा कप्तान अनन्त तामाङकाे हेडर बाहिरियाे ।

४१औं मिनेटमा आर्मीका  भरत गाेल गर्नबाट चुके । जर्जप्रिन्सकाे पासमा गाेलरक्षक बिट भईसकेकाे अवस्थामा भरतकाे प्रहार पाेस्टबाट थाेरै बाहिरियाे ।

 

५१ औं मिनेटमा अनन्तकाे प्रहारलाई आफ्नाे नियन्त्रणमा लिदै नवयुगकाे प्रहार थ्री स्टारका गाेलरक्षक प्रिसाेले सहजै बचाए । ५४ औं मिनेटमा नवयुगले गाेल गर्दै आर्मीलाई अग्रता दिलाए । भरतले दायाँ विंग्सबाट गरेको क्रसलाई नवयुगले पेनाल्टी क्षेत्र भित्रबाट गरेको एक्रोब्याटिक प्रहार गोलमा परिणत भएको थियो ।

६१ औं मिनेटमा मिक्छेन तामाङकाे पेनाल्टी बक्स बाहिरकाे फ्रिकिक प्रहार बाहिँरिदा थ्री स्टार बराबरीबाट चुक्याे । उनकाे फ्रिकिकलाई विकास खवासले हेडरमार्फत क्लियर गरेका थिए । ७९ औं मिनेटमा सन्ताेषले फ्रिकिकमा गाेल गर्दै आर्मीकाे अग्रता दाेब्बर पारे । सन्ताेषले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक दाेस्राे बारकाे टप कर्नरमा सिधै गाेल भएकाे थियाे । सन्ताेषले लिगका सुरुवाती ३ खेल प्रतिबन्धका कारण गुमाएका थिए ।

 

इन्ज्युरी समयको पहिलो मिनेटमा विकास तामाङले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि थ्री स्टारले पेनाल्टीको अवसर पायो । रुपेश केसीको पेनाल्टी प्रहारलाई गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरे । रुपेशले आफ्नो बायाँतिर गरेको प्रहारलाई विकेशले डाइभ दिँदै बचाए । त्यसको रिबाउन्डमा सुशील राईको प्रहारमा पनि विकेश बाधक बने ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्