Logo

विप्लव समूहलाई सानो झिल्को नठानी वार्तामा ल्याइयोस:सांसद अनिता देवकोटा


सांसदहरुले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई तत्काल वार्तामा ल्याएर मूलधारमा फर्काउन माग गरेका छन्।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अनिता देवकोटाले विप्लव समूहलाई आ’गोको सानो झि’ल्को ठान्ने गल्ती नगर्न सरकारलाई सचेत गराएकी छन्। ‘भूमिगत अवस्थामा वि’द्रो’ह गरिरहेको विप्लवलाई सानो झि’ल्का नठानियोस्, नत्र देशमा ड’ढे’लो लाग्न सक्छ’, उनले भनिन्, ‘वि’द्रो’हमा रहेको नेकपा विप्लव समूहलाई सानो झि’ल्को नठानी वार्तामा ल्याइयोस र समाधान गरियोस।’

सांसद देवकोटाले सरकारको नेतृत्वमा रहेकाहरु र विप्लव समूह कुनै बेला एकै ठाउँमा रहेकाले समस्या समाधानमा अफ्ठेरो नहुने उल्लेख गरिन्। ‘अहिले सरकारको नेतृत्व गर्ने र विप्लव समूह सजातीय भएकाले एकलाई अर्काको कमजोरी थाहा छ’, उनले भनिन्, ‘दैलेखका गाउँपालिका अध्यक्षलाई १८ घण्टापछि कालिकोटबाट मुक्त गराइयो।

एनसेलका टावर ज’लिरहेका छन्, यसले राम्रो संकेत गर्दैन।’ सांसद देवकोटाले विप्लव समूहलाई वार्तामा ल्याइ यो समस्या समाधान गर्न नसकेमा देशमा अर्को द्व’न्द्व च’किर्नेतर्फ सरकारलाई सचेत गराइन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्