Logo

संयुक्त आवाज परिवर्तन समाजको संयोजनमा महाबिर पुनलाई आर्थिक सहयोग


पुनको राष्ट्रिय आबिष्कार केन्द्र (National Innovation Center) जस्तो गौरव शाली अभियान सफल बनाउन संयुक्त आवाज परिवर्तन समाजको संयाेजनमा सस्थापक सदस्यहरु तथा कुशल समाजसेवीहरु सँगको सहकार्यमा रु २,४५,०००/- (दुई लाख, पैतालिस हजार) आर्थिक सङ्कलन गरी सोमबार कृतिपुर स्थित राष्ट्रिय आबिष्कार केन्द्र पुगि पुनलाई हस्तान्तरण गरिसकिएको सस्थाका अध्यक्ष ब्रिन्दा राज राईले बताउनु भयो ।

काठमाडौ-पछिल्लो समय निकै समाजसेवी, रास्ट्रप्रेमी, देशभक्ती करोडौं जनताले रुचाएका महाबिर पुनका कामलाई बिभिन्न देशमा कार्यरत नेपाली दाजुभाइ दिदीबहिनीहरुले साथ दिईरहेका छन् ।

पुनको राष्ट्रिय आबिष्कार केन्द्र (National Innovation Center) जस्तो गौरव शाली अभियान सफल बनाउन संयुक्त आवाज परिवर्तन समाजको संयाेजनमा सस्थापक सदस्यहरु तथा कुशल समाजसेवीहरु सँगको सहकार्यमा रु २,४५,०००/- (दुई लाख, पैतालिस हजार) आर्थिक सङ्कलन गरी सोमबार कृतिपुर स्थित राष्ट्रिय आबिष्कार केन्द्र पुगि पुनलाई हस्तान्तरण गरिसकिएको सस्थाका अध्यक्ष ब्रिन्दा राज राईले बताउनु भयो ।

राईले भने राष्ट्रिय आबिष्कार केन्द्र (National Innovation Center) जस्तो गौरवशाली अभियानलाई सरकारले मुख्य चासोको रुपमा नलिएता पनि सफल पार्न एकले संभावना छैन त्यसैले हामिले पनि हातेमालो गरेका हौं । मान्न सकिन्छ हामीलाई अतिनै आवश्यक सिय्पो सम्म नेपालमा उत्पादन तथा आविष्कार गर्न नसकेर भारत वा चाइना संग भरपर्नु पर्ने हाम्रो देश नेपालमा यस्तो गौरवशाली कार्याको थालनी आविष्कार केन्द्रका अध्यक्ष्य महावीर पुनले स्थापना गर्नु भएको छ।

यस आविस्कार केन्द्र अनुशंधनले देशमै बसेर केहि गर्न चाहने सिप तथा बिज्ञान प्रविधिमा दख्खल भएका लाखौ युवा शक्तिले रोजगार पनि पाउने र रोजगार पनि उत्पादन गर्न सक्नेछन। यस राष्ट्रिय आविष्कार केन्द्रले पक्कै पनि नेपाली र नेपाल जहिले अरुको भरमा पर्नु पर्ने बाध्यता र हरेक नयाँ खोज अनुसन्धान गरि नेपाली नेपालमै केही गर्न सकिने तरिकाबाट अगाडि बढिरहेको पुनले बताए ।


हाम्रै देशमा विभिन्न अवशर हरु प्राप्त र प्रयोग गर्न सकिन्छ भने हामि पनि किन मौन बस्ने हाम्रो देशको लागि हामीले नगरे कसले गर्ने आभिप्राया साथ् संयुक्त आवाज परिवर्तन समाजको संयोजनमा यो भन्दा केही समय अगाडि नुमा लिम्बू बचाउ अभियान सफल पार्दै ३,८९,६१३ रुपैयाँ हस्तान्तरण गरिसकिएको जनाएको छ ।
राष्ट्रिय आबिष्कार केन्द्र (National Innovation Center) लाई सफल बनाउन सहयोग गर्नुहुने राष्ट्रप्रेमि ब्यक्ति/ ब्यक्तित्व ज्युहरुको नामावली निम्नानुसार छन्।

१, उत्तर कुमारी राई खोटाङ दिक्तेल हाल साउदी रु, ५,०००
२, पशुपति थुलुङ राई सोलुखुम्बु हाल दुबई रु, ५,०००
३, गोपी राई भोजपुर हाम मलेसिया रु, ५,०००
४, दौलछी सुब्बा (संजु लिबाङ) ताप्लेजुङ्ग हाल टर्की रु, २,०००
५, आङदामु शेर्पा सोलुखुम्बु हाल क्यालीफोर्निया, अमेरिका रु, ५०,०००
६, मिना थुलुङ्ग राई सोलुखुम्बु हाल न्युवार्क रु, ५०,०००
७, भोगिन्द्र चाम्लिङ्ग खोटाङ्ग हाल साउदी रु, २०,०००
८, शान्ति तिलुङ राई सुनसरी हाल मलेसिया रु, ५,०००
९, मंगल राई उदयपुर हाल चाइना रु, ५,०००
१०, मेरिना खालिङ्ग सोलुखुम्बु हाल टर्की रु, ५,०००
११, सुजन लिम्बु धनकुटा हाल मलेसिया रु, ५,०००
१२, दिल कुमारी लिम्बू हाल दुबई रु, ५,०००
१३, सजिना राई खोटाङ हाल काठमाडौ रु, ५००
१४, लक्ष्मी देवान हाल कुवेत रु, १०,०००
१५, पदम आङ्बाङ लिम्बू हाल मलेसिया( RM=150) (रु, ४,०००
१६,पावाल अनमोल हाल रु,२,५००
१७,शम्भु कुमार राई हाल मलेसिया रु २,५००
१८, देउकला राई खोटाङ्ग हाल कुवेत रु, ५,०००
१९, मेन कुमारी सार्की (सम्झना मंग्राती कुवेत रु, ५,०००
२०, गूणराज थूलूङ राई ओखलढुंगा हाल साउदी रू ५,०००
२१, मनू लिम्बू मोरङ हाल कुवेत रू ५,०००
२२, रोशनि राई खोटाङ हाल कोरिया रू ५,०००
२३, जिवन लिम्बु इलाम हाल मलेसिया रू ३,०००
२४, सशी थुलुङ राई खोटाङ सुङ्देल केपिलास गापा साबिक रमिते हाल साइप्रस रु, ५,०००
२५,सुबाश राई, खाेटाङ्ग, दिप्रुङ्ग गाउपालिका ४, हाल, साउदि अरव रु ५०००
२६, रूद्र राना खोटाङ हाल साउदी रू ५,०००
२७, खेमराज खत्री हाल मलेशिया रु रु ३०००
२८, सर्वधन राई, हलेशी तुवाचुङ नगरपालिका~५, खोटाङ हाल साउदी रु ५,०००
२९,नुमा नेम्बाङ्ग (आङ्सारङ्ग फाल्गुनन्द गाउपालिका~७, पाच थर रु ५,०००
३०,श्रीकुमार राई, खोटाङ खोटेहाङ्ग गाउँ पालिका इन्द्रेणी पोखरी ६, खोटाङ हाल दुबाई रु ५,०००
३१,हिमाल चेम्जोङ (राम सिङ चेम्जोङ) चौबिसे गाउपालिका~६, धनकुटा हाल साउदी रु २,५००
जम्मा रकम= २ लाख ४५ हजार

 

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्