Logo

समृद्धि निर्माण अभियानमा, विकासे पैरवी


मान्सुङ चाम्लिङ

नेपालअतिकम विकसित राष्ट्र भएकै कारण यहाँको विकासको प्रवृति र संस्कृति पनि उहीपाराको छ । राष्ट्रले सबै आफ्नो जनतामा विकास समान रुपमा गर्नुपर्ने भएता पनि नेपालमा नेता, नेतृत्व र आफन्तवादको नातालगाएर सबन्धित निकायमा  लवि, डेलिगेसन गए पश्चात मात्र विकास हुने प्रवृति गलत नै भएता पनि प्रणाली नै भएको छ । यो संस्कृति यतिका चाँडै परिबर्तन हुने सम्भावना समेत छैन । यसै प्रणालीलाई अलम्बन गर्दै खोटाङमा बाँकी रहेको गाउँहरुमा विजुली पुर्याउन माननीयज्युहरु विशाल भट्टराई, रामकुमार राई, राजन राई, मेयर दिपनारायण रिजाल, उपमेयर विनादेवी राई, हलेसी विकास विकास समितिकार्यकारी निर्देशक समर भुजेल तथा पत्रकारहरु हरिबोल आचार्य, केदार मगर, विद्यार्थी नेताविशाल रोका, समाजसेवी बम बानिय लगायतका युवा टोलीहरु विद्युतप्राधिकरण निर्देशक कुलमान घिसिङ कहाँ डुलिगेसन गएकाथिए ।

भेटघाटको क्रममा निर्देशक घिसिङले तत्काल विद्युतप्राधिकरण प्रमुखखोटाङका दिनेश यादवलाई फोन सम्पर्क गरी खोटाङमा भएका र हुन बाँकी विद्युतसँग सम्बन्धित विवरण २४ घण्टा भित्रमा पेश गर्न निर्देशनदिए । समन्वयको क्रममाआर्थिक वर्ष २०७६÷२०७७ मा ४० जिल्लामा विजुली पुर्याउने योजनामा खोटाङ जिल्ला नपरे पनि जिल्लाबाट आएको तथ्यांकलाई आधार मानेर आवश्यक पहल र सहयोग गरिने निर्देशकले प्रतिवद्धता गर्नु भयो ।

समन्वयको क्रममा दुधकोशी हाइड्रो पावरको बारेमा बुझ्न खोज्दा प्रक्रिया अगाडी बढीसकेको र डिपिआर तयारी भइसकेको साथै एडिबीले एक अर्ब रुपैंया दिने निश्चित भएको जानकारी गराउनु भयो ।

खोटाङ जिल्लामा विजुलीको अलावा अन्य थपविकासे कार्यक्रमहरु पनिआवश्यक रहेको हुनाले सबन्धित मन्त्रालयहरु अर्थ मन्त्रालय र मन्त्रि, उर्जा मन्त्रालय र मन्त्रिहरु तथा अन्यमन्त्रालय र मन्त्रिहरु समन्वय गरिने योजना रहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्